शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ लोकसेवा आयोगद्वारा ६०७ स्वास्थ्यकर्मी माग

सोमबार, २६ मङ्सिर २०७९, १२ : ४६
सोमबार, २६ मङ्सिर २०७९

 प्रदेश १ लोकसेवा आयोग विराटनगरले स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवाका लागि सहायकस्तर चौथो र पाँचौं तहका (प्राविधिक) ६०७ पदका लागि विज्ञापन आव्हान गरेको छ । 

गोरखापत्र राष्ट्रिय दैनिकमा आज सूचना जारी गर्दै हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब, अनमी, ल्याब असिस्टेनको माग गरेको हो । माग गरिएका पदहरुमा हेल्थ असिस्टेन्ट पाँचौं तहको १७३ जना, पाँचौ तहकै स्टाफ नर्स ३० जना, अहेब चौथो तहका लागि २०२ जना, चौथो तहकै लागि अनमी १९५ जना र ल्याब असिस्टेन्ट चौथो तहका लागि ७ जनाको आवेदन माग गरेको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप