अमेरिकाले किन फर्काइदियो गायिका आस्था राउतलाई ?
चर्चित गायिका आस्था राउतलाई अमेरिकाले फर्काएको छ । एक संगीतिक कार्यक्रमका लागि गत ८ तारिकमा अमेरिका उडेकी राउतलाई अमेरिकाले इमिग्रेसनबाटै फर्काएको हो । आस्था भिजिट भिाषामा अमेरिकाको कार्यक्रममा पुगेकी थिइन् । इमिग्रेसनले भिजिट भिषामा अमेरिकामा कार्यक्रम गर्न नमिल्ने र पफमेन्स भिषा लिएर प्रवेश गर्न भन्दै आस्थालाई फर्काएको हो ।
आफू अमेरिकाबाट फर्कनु टेक्निकल समस्या रहेको गायिका आस्थाले बताएकी छन् । ‘भिजिट भिषामा यस अगाडि म पटक–पटक अमेरिका पुगेर कार्यक्रम गरेर फर्किएको हो’, आस्थाले अगाडि भनिन्– ‘अहिले भने भिजिट भिषा हुँदैन, पफमेन्स भिषा चाहियो भनेर फर्कियो ।’ पहिले भन्दा अहिले अमेरिकाका नियम परिवर्तन भएको कारणले पनि आफूलाई फर्काएको हुन सक्ने आस्थाको धारणा रहेको छ ।
‘इमिग्रेसनले नेपालमा रहेको अमेरिकन दूतावासमा गएर सल्लाह गरेर समस्या मिलाउनु समेत भनेका छन्’ आस्थाले थपिन् । गत डिसेम्बर १२ तारिकमा नेपाल फर्किएकी आस्था आफ्नो भिषाको बिषयमा अमेरिका दुतावास जान भने बाँकी रहेको छ ।
आस्था यस अगाडि ४ पटक अमेरिका कार्यक्रम गरेर फर्किसकेकी छन् । नेपालकी युवा पप गायिकाको रूपमा चर्चित आस्था राउतको ‘सालको पात टपरी’ उनको पहिलो चर्चित रिमिक्स (समायोजित) गीत हो । ‘झुम्के बुलाकी’, ‘चौबन्दीमा पटुकी’, ‘नाकैमा फुली’ लगायत आस्थाका थुप्रै गीत हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण