बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानगुन : सार्क खाद्य बैङ्क कहाँ स्थापना गरिएको छ ?

आइतबार, ०३ पुस २०७९, ११ : ५९
आइतबार, ०३ पुस २०७९

१, नेपालमा केवट जातिको बसोबास रहेको जिल्ला कुन हो ?
(क) मोरङ (ख) सुनसरी (ग) सिराहा (घ) उदयपुर
२, विश्वमा सर्वप्रथम सार्वजनिक स्थानमा धूमपान निषेध गर्ने देश कुन हो ?
(क) भारत (ख) नेपाल (ग) भुटान (घ) म्यानमार 
३, इतिहास प्रशिद्ध भण्डारखाल पर्वको अर्को नाम के हो ?
(क) राणा पर्व (ख) बस्नेत पर्व (ग) कोत पर्व (घ) शाह पर्व 
४, नेपालमा सामाजिक सुरक्षा दिवस कहिले मनाइन्छ ?
(क) मङ्सिर नौ गते (ख) मङ्सिर १० गते (ग) मङ्सिर ११ गते (घ) मङ्सिर १२ गते
५, २०७९ सालको भारती खरेल स्मृति पुरस्कार कसलाई प्रदान गरिएको छ ?
(क) प्रा. डा. लक्ष्मणप्रसाद गौतम (ख) प्रा.डा. माधवप्रसाद पोखरेल (ग) प्रा.डा. खेम कोइराला बन्धु (घ) प्रा.डा. वासुदेव त्रिपाठी
६, नेपालको प्रसिद्ध गोकर्णेश्वर महादेवको मन्दिर कुन जिल्लामा अवस्थित छ ?
(क) ललितपुर (ख) भक्तपुर (ग) काठमाडौँ (घ) काभ्रेपलाञ्चोक
७, नेपालमा कफी दिवस कुन दिन मनाइन्छ ?
(क) कात्तिक एक गते (ख) मङ्सिर एक गते (ग) पुस एक गते (घ) माघ एक गते 
८, मुलुकको पहिलो फ्लाइओभर कहाँ निर्माण हुने भएको छ ?
(क) ग्वार्को (ख) सातदोवाटो (ग) चावहिल (घ) कोटेश्वर
९, नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यता कहिले प्राप्त गरेको हो ?
(क) सन् १९५५ डिसेम्बर १० (ख) सन् १९५५ डिसेम्बर १४ (ग) सन् १९५५ डिसेम्बर १५ 
(घ) सन् १९५५ डिसेम्बर २० 
१०, हाल विश्वमा कतिवटा अतिकम विकसित देश छन् ?
(क) ४६ (ख) ४७ (ग) ४८ (घ) ४९
११, सार्क राष्ट्रले खाद्य बैङ्क कहाँ स्थापना गरेको छ ?
(क) नेपालको काठमाडौँमा (ख) श्रीलङ्काको कोलम्बोमा (ग) भारतको नयाँ दिल्लीमा (घ) भुटानको थिम्पुमा  

                                     सही उत्तर
१–(क), २–(ग), ३–(ख), ४–(ग), ५–(घ), ६–(ग), ७–(ख), ८–(क), ९–(ख), १०–(क), ११–(ख)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप