किशोरीलाई बलात्कार गरेको आरोपमा पुरुष पक्राउ
आइतबार, ०३ पुस २०७९, १४ : ३६

किशोरीलाई बलात्कार गरेको आरोपमा तेह्रथुमको फिदिम नगरपालिका–३ घर भएका ३९ वर्षका नरेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
किशोरीलाई राईले मंसिर २८ गते तेह्रथुम आठराई गाउँपालिका पिलेस्थित झाडीमा जबरजस्ती करणी गरेको आरोप छ । बलात्कार भएको सुराक पाएपछि प्रहरी चौकी चुहानडाँडा तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूपश्चिममा हेल्लो सिएम कार्यक्रम पुनः सञ्चालन गरिने
-
बिहीवार प्रधानमन्त्रीले लुम्बिनी केवलकारको औपचारिक उद्घाटन गर्ने
-
सरकारले जनताको हितलाई प्राथमिकतामा राख्न सकेन : वामदेव गौतम
-
सुँगुरको रगतबाट पिउने पानी
-
मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता
-
सुदूरपश्चिम सरकारले थारु जातिको बरघर प्रथालाई प्रवर्द्धन गर्ने