शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डीएसपीको नाममा ७ दिने सूचना

शुक्रबार, ०८ पुस २०७९, १० : २९
शुक्रबार, ०८ पुस २०७९

गृह मन्त्रालयले प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) डा सुरेन्द्र प्रसाद साहको नाममा ७ दिने सूचना जारी गरेको छ । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ ठेगाना भएका उनी प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत थिए । तर उनी असोज ७ गतेदेखि कार्यालयमा गैरहाजिर रहेको सूचनामा उल्लेख छ । 

उनलाई खोजतलास गर्न घरसम्म जाँदासमेत फेला नपरेको भन्दे मन्त्रालयले शुक्रबर सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफ्नो सफाइसहित उपस्थिति हुन आउन निर्देशन दिएको छ । 

अन्यथा प्रहरी नियमावलीअनुसार भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट हटाउनेतर्फको कारबाही हुने मन्त्रालयको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप