शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिहान उठ्दा अनुहार र आँखा सुन्निएको हुन्छ ? मृगौला बिग्रिएको र थाइराइड बढेको संकेत

शुक्रबार, ०८ पुस २०७९, १० : ३०
शुक्रबार, ०८ पुस २०७९

बिहान उठेर ऐना हेर्दा अनुहार र आँखा सुन्निएको जस्तो लाग्छ । साधारणतया अनुहार र आँखा वरिपरी र शरीरको केही हिस्सा वाटर रिटेन्सनका कारण सुन्निने गर्छ । तर कतिपय अवस्थामा यसले केही गम्भीर स्वास्थ्य समस्यातर्फ इशारा गर्न सक्छ । भारतका डाक्टर वाई पी सिंहले यसको कारण र निवारणबारे जानकारी दिएका छन् । ।

भाइरल संक्रमणको कारणले रोजेसिया सूजन

सेल्युलाइटिस भाइरल छालाको संक्रमणमा, अनुहारमा सुन्निन्छ । सामान्यतया रक्तनलीहरू फुल्छ र खुम्चिन्छ । संक्रमणका कारण नसाहरु फुल्छ र तरल पदार्थ चुहिन थाल्छ । यो अवस्थालाई रोजेशिया भनिन्छ । यस्तो अवस्थामा अनुहार सुन्निने र रातो हुने गर्छ । यदि तपाईंको अनुहार सुन्निनुका साथै दुखाइ र असुविधा महसुस हुन्छ भने, ढिलो  नगरी डाक्टरलाई देखाउनुहोस् ।

यस्ता रोग पनि कारण हुनसक्छन्

थाइरोइडको समस्या, बाथ, साइनस संक्रमण, सिस्टमिक ल्युपस एरिथेमेटोसस र मृगौलाको रोगमा अनुहार र शरीर सुन्निने गर्छ ।

स्किन केयर उत्पादनको प्रतिक्रिया

स्किन केयर रुटिनमा एक्टिभ एलिमेन्ट्स जस्ता अल्फा हाइड्रोक्सी एसिड बिटा हाइड्रोक्सी एसिड, रेटिनालका कारण पनि अनुहार सुन्निन सक्छ । यो एक्टिभ एसिड र एक्सफोलिएटरले अनुहार वा आँखाको आसपासको छाला सुन्निन सक्छ । यस्ता उत्पादनलाई सधैँ प्रयोग नगर्नुहोस्, हप्तामा एकपटक मात्रै गर्नुहोस् । संवेदनशील छाला छ भने विज्ञको सल्लाह लिनुहोस् ।

अव्यवस्थित जीवनशैली पनि कारण हो

८ घण्टा सुत्नु शरीरका लागि आवश्यक छ । यो भन्दा बढी वा कम सुत्दा शरीरमा नराम्रो असर पर्छ । लामो समयसम्म सुत्दा शरीरमा एकै ठाउँमा तरल पदार्थ जम्मा हुन्छ, जसका कारण अनुहार सुन्निन्छ । गलत साइडमा सुत्दा वा बाक्लो र कडा तकिया प्रयोग गर्दा पनि यो समस्या हुन्छ ।

अनुहार र आँखामा सुन्निने समस्या भए यी तरिका अपनाउनुहोस्

यदि अनुहार र आँखा वरिपरि सुन्निएको छ भने, सबैभन्दा पहिले चिकित्सकलाई देखाउनुहोस्, ताकि समस्याको वास्तविक कारण थाहा पाउन सकियोस्  । साँझ र रातको समयमा जंक फूड जस्ता उच्च सोडियमयुक्त आहारबाट बच्नुहोस् । यदि शरीर फाइबरयुक्त खानेकुराप्रति संवेदनशील छ भने अलस, बदाम, अनार, सुक्खा अन्जीर, गहुँको चोकर, कोदो, अंकुरित गेडागुडीको सेवन नगर्नुहोस् ।

पिठो, पास्ता, सेतो चिनी, डोनट, पेस्ट्री, केक, मिठाई, सोडा, बिस्कुटजस्ता रिफाइन्ड कार्बोहाइड्रेटहरू नखानुहोस् । राति ढिलो खाना नखानुहोस्, खाना खाएपछि तुरुन्तै नसुत्नुहोस् । उत्तानो परेर सुत्ने प्रयास गर्नुहोस् । दिउँसो र रातभर हाइड्रेटेड रहन प्रशस्त पानी पिउनुहोस् ।

मादक पदार्थबाट बच्नुहोस् । यदि यी उपायहरू गर्दा पनि सुन्निँदैन भने, तुरुन्तै छाला विशेषज्ञसँग परामर्श लिनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप