‘यही कुरा साँचो हो’ मा खुश्बु र प्रिन्सको रोमान्टिक अवतार
‘रातो टिका निधार’ पछि अभिनेत्री खुश्बु खड्कालाई दर्शकले फिल्मी पर्दामा देख्न पाएका छैनन् । यद्यपि, उनी कला क्षेत्रबाट हराएकी भने होइनन् । फिल्म नभए पनि म्युजिक भिडियो र विज्ञापन चलचित्रको माध्यमबाट उनी कला क्षेत्रमा छाइ नै रहेकी छन् ।
यस्तैमा अभिनेत्री खुश्बु खड्का अभिनित म्युजिक भिडियो ‘यही कुरा साँचो हो’ सार्वजनिक भएको छ । भिडियोमा खुश्बुको जोडी प्रिन्स विश्वकर्मा बनेका छन् । खुश्बु र प्रिन्सको भिडियो रोमान्स सुहाउँदो छ ।
रवि ओड र अस्मिता परियारको स्वर रहेको गीतका शब्द माधव तिम्सिनाले कोरेका हुन् भने संगीत, एरेन्ज तथा मिक्सिङ बाबुल गिरीले गरेका छन् । ‘गीत झैँ भिडियो राम्रो बनाउने कोशिश गरेका छौँ । गीतको भावअनुसार भिडियोमा प्रस्तुत भएकी हुँ’, अभिनेत्री खड्काले भनिन् ।
भिडियोमा रामकुमार केसीको छायाङ्कन, राजीव समरको कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन र दशरथ सुनारको निर्देशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण