सुनिल गिरीको गीत ‘जुम्ला’मा टिकटकर ‘मिस पवि’ र रोशनको अभिनय
शुक्रबार, ०८ पुस २०७९, २० : १२
चर्चित गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक भएको छ । ‘को होला त्यो’ फ्रेम्ड गायक गिरीले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भिडियोमा डडेल्धुराकी चर्चित टिकटकर मिस पवि र रोसन केसीको अभिनय रहेको छ । जुम्लामा छायाँकन गरिएको गीतमा गिरीले निलसागरसँग मिलेर शब्द दिएका छन् । संगीत र संगीत संयोजन भने उनी आफैले गरेका हुन् । भिडियोमा अभिनय गरेकी मोडल मिस पवि अर्थात पवित्रा साकी डडेलधुराको स्थानीय भाषा बोलेर नै टिकटकमा चर्चित छिन्।
गायक गिरीकै स्टोरी र कन्सेप्टमा तयार भएको भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन्। जुम्लामा छायाङ्कन गरिएको भिडियोलाई विवेक बिकले खिचेका हुन्। भिडियो गायक गिरीको अफिसियल च्याननलबाट बजारमा ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण