शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कस्तो पोखरा बनाउने भन्नेबारे बहस

सबैको नजरमा अन्तर्राष्ट्रिय विमानस्थल
शुक्रबार, ०८ पुस २०७९, २१ : ४३
शुक्रबार, ०८ पुस २०७९

पोखरामा अन्तर्र्राष्ट्रिय विमानस्थल पुस १७ गतेदेखि सञ्चालन हुँदै छ । यहाँबाट भारत लगायतका देशमा उडान भर्न एरलाइन्सहरुले विभिन्न देशसँग रुट परमिट लिने क्रम जारी छ । बुद्ध एयरले पुस १७ गते नै भारतको बनारस उडान गर्ने योजना बनाएको छ ।

पोखराको आन्तरिक विमानस्थल सोही अन्तर्राष्ट्रिय विमानस्थलमा रुपान्तरण हुने भएपछि यति बेला सबैको नजर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ मोडिएको छ । पोखरामा जारी दशौं अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा ‘कस्तो पोखरा ?’ शीर्षकमा छलफल भयो । छलफलमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराई र अर्थविद् आनन्दराज मुल्मीले आ–आफ्ना धारणा राखे ।

अन्तर्राष्ट्रिय विमानस्थल, त्यसको तयारीमा रहेको सोलिड बेस्ट म्यानेजमेन्ट, ल्याण्डफिल साइटको सन्दर्भमा हेर्ने र खोज्नमा समय गएको मेयर आचार्यले भने । उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यातायात सञ्चालनमा फास्ट्रयाकको योजनाबारे सुरु भइरहेको कामको जानकारी दिए । ‘अहिले अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कने बित्तिकै तराईतिरको सहरजस्तो छ । त्यसलाई व्यवस्थापन गर्नेदेखि बसपार्क निर्माण गर्ने योजनामा छौं । बसपार्क व्यवस्थापनको काम भइरहेको छ । सबै क्षेत्रका विज्ञलाई राखेर यातायात समिति बनेको छ । यातायातदेखि ट्राफिकसम्म सबैलाई व्यवस्थापन गरेका गर्नेछौं,’ उनले भने ।

उनले अवैध संरचना हटाउन देखिएका चुनौती र त्यसमा निरन्तर गरिरहेको प्रयासबारे बताए । ‘हामीले अन्डरग्राउण्डलाई खाली ग¥यौं । त्यो सबैतिर खाली छ । कुनै धेरै धरपकड गर्नुपरेन । सबैले खाली गर्नुभयो । सडकमा पैसा तिरेर बसेको वैधानिक पार्टी छ । त्यो तोड्नका लागि हामीले प्रक्रिया अगाडि बढायौं । पर्सिदेखि सबै अन्डरग्राउण्डमा पार्किङको व्यवस्था हुन्छ,’ उनले भने, ‘पछिल्लो अवधिमा पोखरा महानगरपालिकाले यसको मापदण्ड ३५ मिटर बनाउने निर्णय ग¥यो । त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा प¥यो । म आएपछि ६५ मिटर क्षेत्रभित्र कुनै पनि नयाँ संरचना नबनाउनु, बनाउन नदिनु भन्यो । आज हामीले त्यही गरेका छौं । सर्वोच्चले जति छिटो आदेश दिन्छ, त्यति छिटो हटाउँछौं ।’

उद्योगी मुल्मीले पोखरा सहर बनाउन निजी क्षेत्रले धेरै योगदान गरे पनि कतिपय काम राज्य आफैले गर्नुपर्ने बताए । ‘सबै कुरा निजी क्षेत्रले गर्दैन । कति काम राज्य आफैले गर्नुपर्ने छ । नीतिगत रुपमा निर्णय भएको भए गर्थ्यौं होला,’ उनले भने । मूल्मीले पोखरा नगरपालिका हुँदाकै संरचना अहिले महागनर हुँदा पनि कायम भएको गुनासो गरे । ‘हामीले के अपेक्षा गर्ने महानगरबाट ? मेयरको नेतृत्वमा महानगरपालिकाले तत्कालै सुधार गर्न सकोस् । पोखरा प्रदुषणमुक्त, हरियाली, स्वच्छ र सफा हुन सकोस्,’ उनले भने ।

उनले पोखरामा जन्मेका र पोखरालाई कर्मथलो बनाउन आएका साथीहरूले अपनत्व र आत्मीयता ग्रहण गरेको गरेको ठाउँलाई स्मरण गर्दै भने, ‘पोखराको सुरुवात आजभन्दा २ सय ७० वर्षअगाडि निजी क्षेत्रले नै गरेको थियो । काठमाडों उपत्यकाका शिल्पी, व्यवसायी र कामदार गरी १ सय ५० जनाबाट सुरु भएको पोखरा आज महानगरको रुपमा परिणत भएको छ । यसमा काम गर्ने साथीले गरेको योगदानको स्वरुप आजको पोखरा हो ।’उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा ३ हजार मिटरको रन वे न्यूनतम आवश्यक रहेको बताए । ‘जबसम्म ३ हजार मिटरको रनवे हुन्न, तबसम्म हामीले चाहेका विश्वका अन्य सहरसम्म पोखराबाट पुग्ने रहर पूरा हुँदैन,’ उनले भने ।

कास्की–२ बाट निर्वाचित भएकी संघीय सांसद विद्या भट्टराईले पर्यटन सहितको पोखरा आफूहरुले खोजिरहको बताइन् । ल्याण्डफिल साइटको सन्दर्भमा आफूले संसदमा कुरा पनि उठाएको जानकारी दिँदै महानगरपालिकाले आफै जिम्मा लिएर गर्छु भनेको कुरामा आफूले हस्तक्षेपकारी भन्दा पनि सहयोगी भूमिका निभाएको बताइन् । ‘मैले अघिल्लो संसदमा भनेको थिएँ– पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समयमा सम्पन्न गर्ने कुरा पोखराको ल्याण्डफिल साइटको व्यवस्थापनसँग जोडिएको छ । यो कुरालाई स्थानीय तहलाई मात्र जिम्मा लगाएर हुन्न । संघीय सरकारले यसको जिम्मेवारी लिनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप