बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा अटोमोबाइल व्यवसायीहरूको वृहत् भेला सम्पन्न

आइतबार, १० पुस २०७९, १७ : ४९
आइतबार, १० पुस २०७९

नाडाका अध्यक्ष धु्र्रव थापाको अध्यक्षतामा अटोमोवाइल व्यवसायीहरुको बृहत भेला तथा केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । नाडाको आगामी दिनको कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल व्यवसायको वर्तमान परिस्थिति र भविष्यको संभावना आदि विषयमा केन्द्रित रहेर यही पौष ८ र ९ गते नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा सातै प्रदेश एसोसिएसनका बीच अन्तरक्रिया तथा छलफल कार्यक्रम नाडाका पूर्व अध्यक्षहरू समेतको उपस्थितिमा चितवनको पार्क सफारी रिसोर्टमा भव्यरुपमा सम्पन्न भएको छ ।

छलफलमा सरकारले विगत आठ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजि प्रयोजनका सवारी साधन र १५० सिसिभन्दा माथिका मोटरसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाएपनि माथी उल्लेखित समस्याहरुका कारण अटोमोबाइल व्यवसायमा सहजता आउन नसकेको तथा अटोमोवाइल्स  व्यवसायीहरू धमाधम पलाएन हुने अवस्था आएकोले व्यवसायीहरुले दोस्रो चरणको आन्दोलनमा जाने निर्णय गरेको हो । नाडाले २०७९ मङ्गसिर १६ गते पत्रकार सम्मेलन मार्फत प्रथम चरणको आन्दोलन घोषणा गरी २०७९ मङ्गसिर २२ गते काठमाण्डांैलगायत ७ वटै प्रदेशमा एकैसाथ धर्ना कार्यक्रममार्फत विरोध गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप