शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा यसरी बन्नेछ नयाँ सरकार

आइतबार, १० पुस २०७९, २० : ४२
आइतबार, १० पुस २०७९

संघीय सरकार निर्माणमा भएको पछिल्लो सहमति अनुसार एमाले–माओवादी समीकरणको सरकार बनाउन लुम्बिनी प्रदेशमा पनि सहज हुने भएको छ । कुल ८७ जना प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेशमा बहुमत पुर्याउन कम्तीमा ४४ सांसद आवश्यक पर्छन् ।

लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठुलो दल बनेको छ । उसका २९ सांसद छन् भने दोस्रो ठुलो दल नेपाली कांग्रेसका २७ सांसद छन् । माओवादी केन्द्रका ९, जनता समाजवादी पार्टीका ३ राप्रपा ४ नागरिक उन्मुक्ति ४ र जनमत पार्टीका ३ तथा स्वतन्त्र ३ जना छन् ।

यसरी साना दलले पनि समर्थन गर्ने भएपछि एमाले–माओवादी समीकरणको सरकार बन्दा कम्तीमा ५२ सांसद पुग्नेछन् । यसरी एमाले माओवादी समीकरण बन्दा सहजै नयाँ सरकार बन्ने भएको छ । स्वतन्त्र पार्टीबाट विजयी भएका ३ जना  पनि माओवादी केन्द्रबाट विद्रोह गरेर जितेका सांसद हुन् । यी ३ जनाले पनि सरकारलाई समर्थन गरेमा एमाले माओवादी समीकरणको नयाँ सरकारमा ५५ जना सांसद पुग्नेछन् । 

लुम्बिनी प्रदेशमा कांग्रसले भने सरकार बनाउन कठिन छ । उसले एमाले र माओवादीबाहेकका सबै साना दलको साथ लिनुपर्नेछ । तर साना दलले पनि एमाले माओवादी समीकरणलाई नै साथ दिनेभएपछि कांग्रेस संकटमा पर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप