लोकगायक नविन पौडेललाई ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ प्रदान
लोक गायक नविन पौडेल एक हजार अमेरिकी डलर राशीसहितको ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ बाट सम्मानित भएका छन् । हेम सरिता पाठक फाउण्डेसनले राजधानीमा एक कार्यक्रमकाबीच पौडेललाई उक्त पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रममा वरिष्ठ कलाकार हरिवंंश आचार्य, फाउण्डेशनको अन्तर्राष्ट्रिय समिति अध्यक्ष जेनी पाठक, वरिष्ठ राजनीतिज्ञ दिनानाथ शर्मा, साहित्यकार राधेश्याम लेकाली लगायतले पौडेललाई उक्त पुरस्कार प्रदान गरेका थिए । यसअघि राष्ट्रपतिबाट जनसेवाश्री, नेपाल प्रवीण मानपदवी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट ५० हजार नगद राशिसहित प्रादेशिक प्रतिभा पुरस्कार, नुरगँगा प्रतिभा पुरस्कार, हिमालयन म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्ड, विन्दवासिनि म्युजिक अवार्ड लगायत पौडेलले थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रममा दुई हजार डलर राशीको टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार यो हो टेलिभिजनका समाचार प्रमुख तथा वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई प्रदान गरिएको छ । त्यस्तै एकहजार डलर राशीसहितको भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार कवि मनोज विश्वकर्माले पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएपछि काम नगर्ने जलविद्युत् आयोजनाको अनुमति खारेज गर्न सिफारिस
-
एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता
-
सिल्भर ट्रयाङ्गलले जोडिँदै पोखरा–भरतपुर–लुम्बिनी
-
भाषणमा रणनीतिक योजनाका ठुला गफ, प्राथमिकता कुल देउताका मन्दिर
-
रोनिश र तोशारा ‘मिस्टर एण्ड मिस एसईई आइकन २०२६’ घोषित
-
नेता भन्दा पनि जनता रिसाए भनेर चिन्ता गरौँ : सभापति थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण