शुक्रबार, ०७ असार २०८१
ताजा लोकप्रिय

आरआर क्याम्पसमा खुकुरी हानेको आरोपमा ४ जना पक्राउ

बुधबार, १३ पुस २०७९, १० : ४८
बुधबार, १३ पुस २०७९

प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको दुई समूहबीच बुधबार झडप हुँदा खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन् ।

क्याम्पस इकाईका अध्यक्ष लोकेश खड्का र अर्को समूहको बीचमा झडप भएको क्याम्पस इकाइमा आबद्ध विद्यार्थीहरूले बताएका छन् ।

खुकुरी प्रहार गरेको आरोपमा  ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । पक्राउ पर्नेमा कृष्ण गिरि,  झलक तामाङ, द्रुतराज लामा र सविन निरौला छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप