लिफ्ट नदिएको झोकमा तनहुँमा खुकुरी हानाहान !
तनहुँ–मोटरसाइकलमा लिफ्ट नदिएको झोकमा तनहुँमा भएको खुकुरी हानाहानमा २ जना घाइते भएका छन् ।
तनहुँको ब्यास नगरपालिका–७ स्थित सेरामा शनिबार भएको खुकुरी हानाहानमा सोही ठाउँका घैँटे भनिने २४ वर्षीय रोशन गुरुङ र २१ वर्षीय सुवास गुरुङ घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार सुवासले रोशनको साथिलाई मोटरसाइकलमा लिफ्ट नदिएको विषयमा विवाद भएपछि खुकुरी हानाहान भएको हो ।
विवादपछि रोशनले खुकुरी निकालेर सुवासलाई प्रहार गरेको र सुवासले पनि रोशनकै खुकुरी खोसेर उसैमाथि हानेपछि दुवैजना गम्भीर घाइते भएका हुन् ।
सुवास र रोशन दुवैको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । दुवै जनालाई दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका लागि लगिए पनि सो अस्पतालले सामान्य उपचार गरी थप उपचारका लागि मेट्रो सिटी अस्पताल, पोखरा रिफर गरेको छ ।
एउटै अस्पतालमा उपचार हुँदा फेरि झडप हुने देखेर रोशनको सोही अस्पताल र सुवासलाई मणिपाल शिक्षण अस्पतालमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका भ्रमणमा जानुअघि संसदमा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
ट्रम्पको हत्या प्रयासका संदिग्धमाथि बन्दुक अपराधको अभियोग
-
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको निर्देशन
-
सिटी एक्सप्रेसको २०८१ सालको दसैँ तिहार योजना सार्वजनिक
-
नेपाल–माल्टा सम्बन्धको ४१ औँ वार्षिकोत्सव मनाइयो
-
घरायसी तथा कर्पोरेट सेवाहरू सजिलै प्राप्त सकिने