बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

तस्करसँग साँठगाँठ गरेको आरोपमा तुलसीपुरका सेक्टर वन प्रमुखमाथि कारबाही

बुधबार, २३ मङ्सिर २०७२, १५ : ०३
बुधबार, २३ मङ्सिर २०७२

दाङ–तस्करसँग मिलेर अबैध काठ, विक्रीवितरण गरेको भन्दै जिल्ला वन कार्यालय दाङले धनौरी सेक्टर वन कार्यालय तुलसीपुरका प्रमुखलाई कारबाही गरेको छ । पश्चिम दाङका विभिन्न स्थानबाट तुलसीपुर बजारमा भित्रीएको अबैध काठ मीलोमतोमा तुलसीपुरको एक फर्निचर उद्योगमा विक्रि गरेको कुरा बाहिर आए पछि सेक्टर वनका प्रमुख जिवन पंगेनीलाई जिल्ला वन कार्यालयमा झिकाइएको जिल्ला वनले बताएको छ । उनको ठाउँमा जिल्ला वन कार्यालयका सहायक वन अधिकृत गोकुल चौधरीलाई पठाइएको छ । त्यस्तै बैबाङ इलाका वन कार्यालयका प्रमुख सन्तोष अधिकारीलाई गढवा सेक्टर वन कार्यालयमा पठाइएको छ । गत मंसिर ७ गते विहान तुलसीपुरमा अबैध काठ भित्रीएको खबर सेक्टर वन प्रमुख जिवन पंगेनीलाई आए पछि उनले इलाका वन कार्याल तुलसीपुरका प्रमुख बह्रम देव महत्व, सेक्टर वनका फरेष्टर ध्रुव गौतम लगाएतका कर्मचारीलाई करिब ५ बजे टेलीफोन गरि सितलपुर रोडमा रहेको ज्वाला सःमिलमा गएर चेक गर्न अह्राएका थिए । ब्रहम देव महत्व सहितका अन्य वन कर्मचारी त्यहाँ पुग्नु भन्दा अगाबै सेक्टर वन प्रमुखले सन्तोष अधिकारीलाई सःमिलमा पठाएको एक जना वन कर्माचारीले बताए । यता सन्तोष अधिकारीले सःमिलमा आफु नगएको दाबी गरेका छन् भने स्वयम सेक्टर वन प्रमुखले अधिकारीलाई पनि खटाएको बताएका छन् । यता सःमिलका संचालक कूलप्रसाद पौडेलले सन्तोष अधिकारी केही समय अघि आएर गए पछि अन्य वन कर्मचारी आएर चेकजाँच गरेर गएको बताएका छन् । वन कर्मचारीले मिलमा अबैध काठ नभेटिएको सेक्टर वन प्रमुखलाई बताए पछि उनले काठ नभेटिएको प्रतिवेदन लेखेर दिन दबाब दिएको कर्मचारीहरुले बताएका छन् । तर कर्मचारीले भने आफुरुले संकास्पद ठाउँमा हेर्ने नियमित काम भएकाले लेखेर दिन नसकिने बताए पछि कर्मचारीहरुमा समेत तिक्तता बढ्दै गएको श्रोतले बताएको छ । आरोपबाट बच्न सेक्टर वन प्रमुखले प्रतिवेदन लेखेर दिन भनेको नाम नबताउने सर्तमा एक कर्मचारीले बताए । यता जिल्ला वन कार्यालयका वन अधिकृत नबराज काफलेले घटना संकास्पद रहे पनि प्रमाण भने फेला नपरेको बताएका छन् । “होकि भन्ने संका छ, त्यसैले वन कर्मचारीलाई चेन्जफेन्ज गदिएको छु, काफलेले टेलीफोन कुराकानीमा भने ।” तर प्रमाण फेला पार्नका लागि शुक्ष्मअध्ययन गरिरहेको काफलेको भनाई छ जिल्ला वन कार्यालयले सेक्टर वन प्रमुख सहित केहि कर्मचारीलाई कार्बाही स्वरुपमा जिल्लामै विभिन्न ठाउँमा सरुवा गरे पछि वन कर्मचारीको मिलोमतामा अबैध काठ विक्रिवितरण भएको हो भन्नेलाई झनै बल पुगेको छ । धनौरी सेक्टर वनको प्रमुख जिवन पंगेनीले बाहिर आएको हल्लामा सत्य नभएको बताएका छन् । राम्रो काम गरेको देख्न नचाहनेले गलत आरोप लगाएको भन्दै डेफोले अरुको कुरामा लागेर सरुवा गरेको बताएका छन् । कर्मचारीलाई हौसला बढाउनु भन्दा पनि मनोबल गिराउने काम गरेको सेक्टर वन प्रमुखले गुनासो पोखेका छन् । अबैध काठ विक्रिवितरण भएको होः वन महासंघ यता सामूदायिक वन उपभोक्ता महासंघ दाङले पनि वन कर्मचारीको मिलोमतोमा अबैध काठ विक्रिवितरण भएको दाबी गर्दै छानविन गरि कार्बाही गर्न माग गरेको छ । वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाले बास्तविकता भएकै कारण बाहिर हल्ला आएको भन्दै घटनालाई ढाकछोप गर्न आन्तिरक रुपमा कर्मचारीको सरुवा गरेको बताए । कार्बाही गर्नुको साटो सरुवा गरेर डेफो उम्कने प्रयास गरेको भन्दै आफुहरुको तर्फबाट पनि अनुसन्धान जारि रहेको भन्दै केहि दिनमै बास्तविक कुरा सार्वजनिक गरिने अध्यक्ष सापकोटाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप