बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

दुई नेपाली साउदीको जेलमा, उद्धारको आग्रह

बुधबार, २३ मङ्सिर २०७२, १६ : ०९
बुधबार, २३ मङ्सिर २०७२

साउदी अरब–विगत दुई वर्षदेखि साउदी अरबमा जेल जीवन बिताइरहेका दुई नेपालीले उद्धारका लागि आग्रह गरेका छन् ।

अदालतले तोकेको जेल सजाय पूरा भएको महिनौं बितीसक्दा पनि जेल मुक्त नगरेको भन्दै रोल्पा जिनावांग–३ का २४ वर्षीय गणेश ओली र सोही स्थानका २९ वर्षीय रमेश गुरुङले उद्धारका लागि सहयोग गर्न आग्रह गरेका हुन् । काठमाडौँमा रहेको सोसियल मेनपावरमार्फत् चार वर्षअघि रोजगारीका लागि साउदी अरब आएका उनीहरु चोरी मुद्दामा जेल परेका हुन् ।

औषधि आपूर्ति गर्ने एक कम्पनीमा लोडीङ कामदारकारुपमा कार्यरत उनीहरुलाई औषधि चोरी गरेको आरोपमा कम्पनीले जेल हालेको हो । २७ महिनाअघि जेल परेका उनीहरु हाल जेद्धास्थित आम जेलमा रहेका छन् ।

“हामीले दैनिकजसो औषधि लोडअनलोड गथ्र्यौँ, एक दिन औषधि अनलोड गर्ने क्रममा औषधिको परिमाणमा तलमाथि देखिएपछि हामीलाई चोरी गरेको आरोपमा जेल हालियो, हामी निर्दोष छौँ, हामीसँगै कामगर्ने एक साउदी नागरिकले हामीलाई फसाएको हो,” पीडित गणेश ओलीले भने ।

पीडित ओलीका अनुसार अदालतले डेढ वर्षको जेल सजाय सुनाएको भएपनि जेल परेको २७ महिना बितीसक्दासम्म पनि जेल मुक्त गरिएको छैन । जेल सजाय पूरा भएपछि घर जाने आशामा रहेका उनी जेल मुक्त नगरेपछि चिन्तित वनेका छन् ।

जेल जीवन विताइरहेका अर्का पीडित रमेश गुरुङले आपूmहरुले विनाकसुर जेलसजाय भोग्नु परेको दुखेसो गरे । हामीले त कम्पनीले दिएको परिमाणअनुसार सामान चढाउने र झार्ने काम गरेका हौँ, हामीलाई सँगै कार्यरत साउदी नागरिक र सुडानी ड्राईभरले फसाएको हो । अदालतले तोकेको जेल सजाय नौ महिना अघि नै पूरा भइसक्यो, तर हामीलाई जेल मुक्त गरिएको छैन, पीडित गुरुङले भन्नुभयो, दूतावासमा सम्पर्क गर्दा फोन उठ्दैन, हाम्रो मुद्दा के भइरहेको छ बुझिदिने कोही भएन, हामी त जेलमै सड्ने भयौँ, हामीलाई यहाँबाट कसले उद्धार गर्ला ?

यता जेद्धास्थित महावाणिज्य दूतावासका वाणिज्यदूत मनहरी दङ्गालले भने कार्यव्यस्तताका कारण सो मामिला जानकारीमा आएपनि बुझ्न नसकिएको प्रतिक्रिया दिए ।

घर बिदामा स्वदेश गएका कार्यबाहक महावाणिज्यदूत सुधिर भट्टराई फर्केपछि मात्र सो विषयमा जेल र अदालतबाट जानकारी लिई आवश्यक प्रकृया अगाडि बढाइने दङ्गालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप