एमाओवादी केन्द्रिय समिति बैठक स्थगित
बिहीबार, २४ मङ्सिर २०७२, १४ : ०६
काठमाडौँ–एकीकृत नेकपा (माओवादी)को जारी केन्द्रीय समितिको बैठक आज स्थगित भएको छ ।
पार्टी अध्यक्ष प्रचण्ड सदन खुलाउने विषयमा द्विपक्षीय तथा बहुपक्षीय छलफलमा व्यस्त रहनुपर्ने भएकाले आजको बैठक स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव हितराज पाण्डेले जानकारी दिए ।
उनले भने – “राष्ट्रसामु आएका सङ्कट समाधान गर्ने विषयमा छलफल गर्नुपर्ने भएकाले पार्टीको बैठक स्थगित गरिएको हो । शुक्रबार पुनः बैठक बस्छ ।”
बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथिको छलफल जारी थियो । विगत एक सातादेखि जारी बैठकमा पार्टीको आगामी कार्यदिशा, सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल चलिरहेको मुख्यसचिव पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण