चुलो बाल्न जंगल फँडानी (फोटोफिचर)
काठमाडौं– भारतले लगाएको अघोषित नाकाबन्दीका कारण राजधानीसहित देशभर ग्यासको हाहाकार भएको छ ।ग्यासको अभाव भएको ३ महिना बितिसक्दा पनि सरकारले समस्याको समाधान गर्न सकेको छैन ।
ग्यास नभएपनि जनताहरुको बैकल्पीक बाटो दाउरा भएको छ । अहिले त त्यो दाउरा पनि पाउन मुस्कील भएको छ । त्यसमाथि यो साता देखि लोडसेडिङ पनि चुलिएपछि हिटर र इन्डक्सन चुलोमा खाना बनाउनेहरु अफ्ठ्यारो परेको छ । आफ्नै घर हुनेले त दाउरामा पकाएर पनि खाएका छन् तर भाडामा बस्नेहरुलाई मुस्कील परेको छ । उनीहरुले दाउरा बाल्न पाँउदैनन् । राजधानीको किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय नजिकै रहेको त्रिभुवन बनस्पती उद्यान पहिले तत्कालीन राजा विरेन्द«को शुभराज्यअभिषेक समाहरोहमा उद्यानको उद्घाटन गरिएको थियो पछि लोकतन्त्रको आगमन भैसकेपछि त्रिभुवनविश्वविद्यालयलाई जिम्मा लगाइएको थियो र त्रिभुवनविश्वविद्यालयले अहिले यस उद्यानलाई राष्ट्रिय स्तरको बनस्पती अनुसन्धान केन्द«मा परिणत गर्दे छ । यस जङ्गल हेर्ने प्रशासन सँग अहिले जम्मा जम्मी छ जना रेखदेख गर्नेहरु छन् । ४३२ रोपनीमा फैलिएकोले यो जङ्गलमा चारैतिरबाट बार लगाउन सकिएको छैन । पहिले पहिले यहाँका रुखहरु ढलेपछि राष्ट्रिय दैनिकी पत्रिकाहरुमा लिलामीको लागि विज्ञापन निकालिन्थ्यो र कहिले विश्वविद्यालयकै फर्निसिङको लागि पनि प्रयोग गरिन्थ्यो । तर अहिले नाकाबन्दीको मार विश्वविद्यालय प्रसाशनले पनि खेप्नुपरेको छ ।
विश्वविद्यालयको जङ्गलबाट सर्वसाधारणले दिनहुँ जसो रुख काटेर दाउरा लगेपछि त्रिभुवन विश्वविद्यालय प्रशासनलाई निकै समस्या परेको छ । अझ शनिबार त मानिसहरुको घुइँचोनै लाग्ने गरेको छ ।
विश्वविद्यालय प्रशासनले वर्तमान स्थिति बुझेर सर्वसाधारणलाई भुईमा खसेका सुकेका दाउराहरु लग्न अनुमति दिएको छ तर पनि सर्वसाधारणले रुखनै काटेर दाउरा बनाएर लग्ने गरेका छन् । अझ मानिसहरुले राती आएर रुख काटेर दाउरा चोरेर लगेको प्रशासनको गुनासो रहेको छ ।
त्यस्तै जङ्गलमा दाउरा लिन आउनेहरुको पनि आफ्नै व्यथा रहेको छ । जंगलबाट दाउरा लैजानु आफूहरुको आध्यता रहेको उनीहरुको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण