बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

राप्रपा नेपाल सरकारमा बस्नुको औचित्य सकियोः दिलनाथ गिरी

बिहीबार, २४ मङ्सिर २०७२, १७ : ०७
बिहीबार, २४ मङ्सिर २०७२

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले अहिले देशमा जारी समस्या समाधान नहुने हो भने अब पार्टी सरकारमा बस्नुको औचित्य नरहेको बताएका छन् । राजधानीमा बिहिबार आयोजित कार्यक्रममा उनले भने ,‘ सबै बन्द छ, जनताले दुख पाउँदा कहिले समाधान हुने जिम्मेवारी लिनु पर्छ । यस्तो अवस्थामा सरकारमा बस्नुको नैतिकता रहँदैन । प्रतिपक्ष पनि उम्किन पाउँदैन ।’ उनले २००७ सालदेखिकै निरन्तरता मधेस आन्दोलन भएको भन्दै २०४५ को नाकाबन्दी पनि दलहरुले गरेकोले अहिलेको अवस्था आएको आरोप लगाए । उनले नेपाली जनताले अब धेरै दिन पर्खिन नसक्ने भन्दै यस्तै अवस्था रहे जुन शक्तिले नेपालमा गणतन्त्र स्थापित गर्यो त्यसले नै गणतन्त्र र दलहरुलाई असफल बनाउने चेतावनी दिए । उनले भने,‘गणतन्त्र फेल भए राजसस्था आउँछ ।’ गिरीले बलियो प्रजातन्त्रको लागि शुसासन चाहिने र त्यसकोलागि भ्रष्टाचार अन्त्य गर्नु पर्ने भन्दै भ्रष्टाचारीमाथि छानविन भएर कारवाही हुनु पर्ने धारणा राखे । उनले भने,‘ हामी अख्तियारको कामलाई स्वागत गर्छौ त्यसको सम्मान गर्छौ ।’ गिरीले आफूहरु अलग अलग भौगोलिक पहिचानमा नभएको र संघीय नै मुलुकको लागि खराव भएको भन्ने धारणामा रहेको भन्दै अब जनतासँग मत लिनु पर्ने धारणा राखे । उनले तीन दलको अहमले गर्दा संविधान विवादरहित नभएको भन्दै आफू अनुकुल हुँदा राष्ट्रबादी र आफू विरुद्ध जाँदा राष्ट्रघात हुने सोच छाड्नु पर्ने सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप