बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

प्रहरीले सर्वसाधारणमाथि गरेको कुटपीटको फोटो खिच्दा पत्रकार कुटिए

शुक्रबार, २५ मङ्सिर २०७२, १२ : ४६
शुक्रबार, २५ मङ्सिर २०७२

सिरहा–सर्वसाधरणमाथि कुटपिट भएको तस्वीर खिचेको भन्दै सिराहाका पत्रकार दिलीपकुमार सिंहलाई प्रहरीले कुटपिट गरेको छ । ग्याँस वितरणमा आफ्ना मान्छेलाई प्रहरीले लाइन मिचेर अगाडि राखिरहेको भिडियो मोबाइलमार्फत खिचिरहेका सर्वसाधारण समीर आचार्यलाई प्रहरीले रगताम्मे हुनेगरी कुटेका थिए । प्रहरीको कुटाईबाट घाइते आचार्यको तस्वीर खिचेको भन्दै पत्रकार सिंहलाई इलाका प्रहरी कार्यालय लाहानका प्रहरी निरीक्षक पाँचु चौधरीले कुटपिट गरेका हुन् । नेपाल पत्रकार महासंघ सिरहाका पुर्वसभापति रामानन्द गुप्ताले पत्रकारलाई नकुट्न आग्रह गर्दा पनि प्रहरी निरीक्षक चौधरीले कठालो समातेर बाहिर निकालिदिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप