मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

भारतीय एसएसबीको गुनासोः किन गाडी नेपाल छिर्न दिएको भनेर केन्द्रले थर्काउँछ

शुक्रबार, २५ मङ्सिर २०७२, १७ : ००
शुक्रबार, २५ मङ्सिर २०७२

काठमाडौं–नाकाबाट ईन्धन बोकेका सवारी साधन नेपाल छिर्न दिएको भन्दै केन्द्र सरकारले थर्काउने गरेको भारतीय सिमा सुरक्षाबल एसएसविले नेपाली सरकारी अधिकारसमक्ष गुनासो गर्ने गरेको छ । भारतबाट नेपाल छिरेका ईन्धन बोकेका सवारी साधनको समाचार सार्वजनिक भएपछि आफ्नो सरकारले थर्काउने गरेको एसएविले गुनासो गरेको हो ।

एसएसविले भारत सरकारले थोरै मात्र ईन्धनका गाडी छिर्न भनिएकोमा आफूहरुले धेरै छिर्न दिएको बताएको छ । तर नेपाली सञ्चारमाध्यममा नेपाल आएका ट्याँकर र बुलेटको विवरण आएपछि केन्द्र सरकारले थर्काउने गरेको उनीहरुले सरकारी अधिकारीसंग गुनासो गरेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले बताए । ‘चारवटा मात्रै छिर्न दिने भनेकोमा हामीले धेरै पठाएको समाचार आएपछि किन त्यति धेरै प्रवेश गर्न दिएको भनेर केन्द्रले थर्काउँछ भनेर एसएसविले गुनासो गर्न थाल्यो ।’ – ति अधिकारीले भने ‘घुसका आधारमा उनीहरुले गाडी छिराएका थिए, अव समस्या पर्ने भो ।’ एसएसविको गुनासो पछि नेपालमा पछिल्लो पटक ईन्धन बोकेका धेरै गाडी छिर्नुमा नाकाबन्दी खुकुलो नभई घुसको कारण भएको पनि खुलेको छ । ईन्धनका गाडी नेपाल छिर्ने वित्तीकै समाचार सार्वजनिक नगर्न एसएसविले अनुरोध गरेको पनि मन्त्रालयका अधिकारीले बताए । ‘यहाँ नेपालमा संकटको बेला एकदुई ट्याँकर भित्रीए भन्नुपनि खुसीको कुरा भएकोले समाचार बनिहाल्छ’ ति अधिकारीले भने ‘तर दुतावासले दिल्ली खवर पठाईहाल्छ र उताबाट फोन गर्छन् ।’

तर घुसको भरमा ईन्धन बोकेका गाडी नेपाल प्रवेश गर्न दिने गरेको एसएसविको यो कुरा सत्य नभएको बताउँछन् । यसलाई एसएसविको बार्गेनिङ्ग गर्ने बाटो भएको एक ग्याँस उद्योगीले रातोपाटीसंग भने । ‘एसएसविले घुस खाएर ट्याँकर बुलेट छिर्न दिएको थियो, एक ग्याँस उद्योगीले भने ‘अव केन्द्रले थर्कायो भनेर धेरै घुस खाने बाटो होला नि ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप