बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

आफैं पेट्रोलियम पदार्थ ल्याउने प्रस्ताव मन्त्रिपरिषद्मा

शुक्रबार, २५ मङ्सिर २०७२, १३ : १२
शुक्रबार, २५ मङ्सिर २०७२

काठमाडौं– नीजि कम्पनीले आफूलाई चाहिने पेट्रोलियम पदार्थ आफै ल्याउन पाउने प्रस्ताव वाणिज्य मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको छ । भारतीय नाकाबन्दीका कारण देशमा इन्धन अभाव भएपछि उद्योग, कलकारखाना, बैंक सञ्चालन तथा पूर्वाधार निर्माणमा समस्या भएपछि उनीहरुलाई आफै ईन्धन ल्याउन व्यवस्था गर्नका लागि मन्त्रीपरीषदमा प्रस्ताव पठाईएको हो । ‘क’ श्रेणीका नीजि कम्पनीहरुहरुलाई आफूलाई आवस्यक पर्ने ईन्धन आफै ल्याउने गरी व्यवस्था लागिएको वाणिज्य मन्त्रालयले जनाएको छ । तर उनीहरुले ल्याएको पेट्रोलियम पदार्थ विक्री भने गर्न पाउने छैनन । ‘ वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हामीले प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाईसकेका छौँ’ मन्त्रालयका प्रवक्ता शम्भु घिमिरेले भने ‘पारीत हुने वित्तीकै आवस्यक विनीयमावली बनाएर कार्यान्वयन गरीने छ ।’ भारतीय नाकाबन्दीका कारण ईन्धन अभाव हुँदा नेपालमा उद्योग–धन्दा र पूर्वाधार आयोजनाहरु बन्द भएका छन् । जसका कारण रोजगारी गुम्नुका साथै उत्पादनसमेत ठप्प भएर बजारमा अभावको स्थिति सिर्जना भएको छ । त्यही जटिलता हटाउन सरकारले उद्योगी, व्यवसायीलाई इन्धन आयात गर्ने बाटो खुला गर्न लागेको हो । मन्त्रालयका अधिकारीहरुका अनुसार आपूर्ति मन्त्रालयले विनीयमावली पनि बनाएर तयार गरीसकेको छ । मन्त्रीपरीषदले पारीत गरेपछि कार्यान्वयनमा ल्याईने छ । विनीयमावलीमा ईन्धन ल्याउँदा हुने सम्पूर्ण जोखिमको जिम्मेवारी भने सम्बन्धित कम्पनीले आफै बहन गर्नुपर्ने व्यवस्था छ । ‘सरकारले नीजि क्षेत्रलाई सहजताका लागि बाटो मात्रै खोलिदिने हो’ मन्त्रालय स्रोतले भन्यो ‘तर आईपर्ने सम्पूर्ण जोखिम, दुर्घटना आदिको जिम्मेवारी कम्पनी आफै हुनुपर्ने छ ।’ भारतले गरेको अघोषित नाकाबन्दी र मधेसमा जारी आन्दोलनले दुई हजार दुई सय उद्योग बन्द भई २० हजार करोड आर्थिक घाटा भएको उद्योग वाणिज्य महासंघका अध्यक्ष मुरारकाले बताए । ठूला कम्पनीहरुलाई आफूलाई चाहिने ईन्धन आफै आयात गर्न बाटो खोलिदिए उद्योग–धन्दा पनि चल्ने र राज्यलाई राजस्व पनि आउने भएकोले उनीहरुलाई ईन्धन ढुवानीका लागि अनुमति दिन लागिएको हो । भारतीय नाकाबन्दीका कारण देशमा ईन्धन संकट भएपछि यसअघि सरकारले नीजि क्षेत्रले पनि पेट्रोलियम पदार्थ ल्याएर विक्री गर्न पाउने व्यवस्था गरेको थियो । कार्तिक ३ गते राजपत्रमा सूचना निकालेर खुल्ला गरेपछि बाला ट्रेक लिंक, तायल इन्टरनेशनल, ओटेक्स इन्टरनेश्नल नेपाल , कोशी पेट्रो केमिकल्स, फुजी ओइल कम्पनी, आर्यन पेट्रोकेमिकल्स, ब्लु लोटस इन्टरप्राइजेज, डाउन टाउन इन्भेष्टमेण्ट कम्पनी, एम।आइ।जी होल्डिङ, भगवती ट्रेडर्स, अरेन्ज ट्रड एण्ड इभेन्टस्, नेप्रश इन्टरनेशनल, प्रोजियोकेम इन्डष्ट्रिज, नेपा पेट्रोलियम, पेट्रोलिमेक्स नेपाल, बान्केट क्विन इन्भेष्टमेन्ट प्रालि गरी १६ कम्पनीले ईजाजत पाएका छन् । ६ महिनाका लागि ईजाजत पाएका ती मध्ये पेट्रोलिमेक्सले एयर लिफ्ट गरी हवाई ईन्धन ल्याएको छ भने बाकी १५ कम्पनीले ईन्धन ल्याउन सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप