मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

‘महिला हिंसाको मुख्य कारक महिलानै’

शुक्रबार, २५ मङ्सिर २०७२, १३ : २५
शुक्रबार, २५ मङ्सिर २०७२

जाजरकोट– जिल्ला सदरमुकाम खलंगामा विहिवार आयोजित कार्यक्रममा सहभागिहरुले महिला हिंसाको मुख्य कारण महिला नै भएको धारणा व्यक्त गरेका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिवसीय अभियान २०७२ मा महिला तथा बालबालिका कार्यालय जाजरकोटले प्रस्तुत गरेको कार्यपत्रमा टिप्पणी  गर्दै टिप्पणीकर्ताहरुले यस्तो धारणा राखेका हुन् । नेपालको संविधान २०७२ ले नै हरेक क्षेत्रमा महिलााको अर्थपूर्ण सहभागिताको लागी वाध्यकारी व्यवस्था गरि सकेको सन्दर्भमा लैंगिक महिसावले महिलाहरु कम्जोर हुनु पर्ने अवस्था नरहेको कार्यपत्रमा टिप्पणी गर्दै नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष जनक केसीले वताएका थिए । अधिकांस टिप्पणीकर्ताहरुले एउटा घरमा रहेकी सासुले बुहारी र छोरीलाई समान व्यवहार गर्न नसक्नु महिला हिंसाको मुख्य कारण हुने ठोकुवा गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै महिला तथा बालबालिका कार्यालय प्रमुख प्रज्ञा निरौलाले जिल्लामा रहेको कुल जनसंख्या १ लाख ७१ हजार ३ सय ४ मा महिलाको संख्या ८५ हजार ७ सय ६७ र पुरुषको संख्या ८५ हजार ५ सय ३७, जिल्लाको कुल घरधुरी संख्या ३० हजार ४ सय ७२ मा घर,जग्गा दुवैमा महिलाको स्वामित्व भएको संख्या ५ सय ६०, जग्गामात्र स्वामित्व भएका महिलाको संख्या २ सय ८१, महिला तथा बालबालिका कार्यालयमा आर्थिक वर्ष २०७१÷७२ मा दर्ता भएका हिंसाका घटनाहरुमा बहुविवाह, घरेलु हिंसा, सम्बन्धविच्छेद २५ वटा केशहरु रहेको जानकारी दिइन् । यस्तै बालविवाहका घटना ३१ वटा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप