मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पूँजीवाद निर्माण गर्दै समाजवादतर्फ जान नयाँ शक्ति आवस्यक डा वावुराम

शुक्रबार, २५ मङ्सिर २०७२, १३ : ५७
शुक्रबार, २५ मङ्सिर २०७२

पोखरा–पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति निर्माणका अभियान्ता डा वावुराम भट्टराईले पूँजीवादी अर्थतन्त्र निर्माण गर्दै समाजवाद तर्फ जानको लागि नेपालमा नयाँ शक्तिको खाँचो भएको वताएका छन् । नयाँ शक्ति निर्माण अभियान कास्कीद्धारा विहीवार पोखरामा आयोजित प्रदेश नं ४ स्तरीय प्रशिक्षण कार्यक्रममा वोल्दै डा भट्टराईले सो कुरा वताएका हुन् । उनले नयाँ युगको आगमन सँगै नयाँ विचार दिने शक्ति आवस्यक भएको भएको वताए । नेपालमा संविधान वनिसकेकोले पुराना विचार र चिन्तनका पार्टीको स्तर खस्किएको वताए । देशमा अव द्धन्द नभई विकासको चरण सुरुवात हुनु आवस्यक रहेको भन्दै डा.भट्टराईले सँधै द्धन्द्धको भ्रम छर्दा देशको विकासमा वाधा हुने टिप्पणी गरे । उनले नेपालका आदिवासी, उत्पीडित मानिसहरुको समस्या समाधानको लागि पनि अव नयाँ रुपान्तरित शक्तिको आवस्यक रहेको वताए । देशमा कुनै वेला एकात्मक राज्य सत्ता, कांग्रेसीसत्ता, एमाले सत्ता र माओवादी सत्ता भए पनि ति सवै सत्ता अव पुराना भएकोले नयाँ सत्ता स्थापनाको लागि नयाँ शक्तिमा गोल वन्ध हुन नागरिकलाई आग्रह गरे । वर्तमान सरकार अपवित्र गठवन्धनवाट निर्माण भएको भन्दै स्वर्गीय गिरिजावावुले भन्ने गरेको माले, मसाले र मण्डले मिलेर वनेको सरकारले देशमा कुनै परिवर्तन गर्न नसक्ने भट्टराईले दावी गरे । अव वन्ने नयाँ शक्तिले नै देकका वहुसंख्यक नागरिकको भावना प्रतिनिधित्व गर्ने भन्दै भट्टराईले कार्यकर्ताहरु एक भएर नयाँ शक्तिमा लाग्न आग्रह समेत गरेका छन् । कार्यक्रममा विगतमा एकीकृत नेकपा माओवादीमा लागेका नेता कार्यकर्तदेखि अन्य पार्टीका कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप