नाबालिका बलात्कारी प्रहरी नियन्त्रणमा
शुक्रबार, २५ मङ्सिर २०७२, १४ : १३
रौतहट– तीन वर्षीया नाबालिकालाई बलात्कार गर्ने एक किशोरलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गरुडा र प्रहरीचौकी हरिनगरको संयुक्त टोलीले बलात्कारका अभियोगी कनकपुर २ का खेनादाश तत्माको छोरा १४ बर्षिय राम बिनोद दाशलाइ बिहिवार साँझ घरैबाट पक्राउ गरेको हो ।
अभियुक्त दाशले आफनै छिमेककी एकजना तिन बर्षीया नाबालिकालाइ बिहिवार अपरान्ह तिनबजे गाँउ छेउको खलिहानमा रहेको परालको कुन्युमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कृत नाबालिकाको प्राथमिक स्वाश्थ्य केन्द्र चन्द्रपुरमा स्वाश्थ्य परिक्षण भई अभियुक्त दाशमाथि जबरदस्ती करणी मुद्धा दर्ता भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक सन्तुलाल प्रसाद जइसवारले बताएका छन् ।
घटनालगतै पिडित परीवारले प्रहरीलाइ खबर गरेपछी गरुडा र हरीनगर बाट खटिगएको टोलीले कनकपुर गाँउमा लुकी बसेका अभियुक्तलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी राजेन्द्र पोखरेलले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण