सहमतिको वातावरण बिग्रियो, सद्भावनाका महासचिवले भने, ‘एमालेले धोका दियो’
काठमाडौं– सत्तारुढ दल र मधेसी मोर्चाबीच भएको वार्ता विनानिश्कर्ष सकिएको छ । सिंहदरबारमा शुक्रबार प्रमुख प्रतिपक्षी दल कांग्रेस बिनै भएको मोर्चासंगको वार्ता विनानिश्कर्ष सकिएको हो । वार्ताका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्ननिर्माण विधेयकसँगै संसदमा रोकिएर बसेका संविधान संशोधनसहित अन्य विधेयक पनि पारित हुनुपर्ने अडान राखेका थिए । तर, मोर्चाका नेताहरुले पुर्ननिर्माण विधेयकमात्रै पास गराउन आफूहरुले सहयोग गर्ने अडान राखेका थिए । बैठकपछि रातोपाटीसँग कुरा गर्दै सद्भावना पार्टीका महासचिव मनिष सुमनले सहमतिको वातावरण बिग्रिएको प्रतिक्रिया दिए । उनले हिजो भएको वार्तामा पुर्ननिर्माण विधेयकमात्रै अघि बढाउने सहमति भएपनि आज आएर एमालेले अरु विधेयक पनि पास हुनुपर्ने अडान राखेको बताउँदै एमालेले सहमति उलंघन मात्रै नभएर धोका दिने काम गरेको बताए ।
यसअघि हिजोको प्रमुख दलको वार्तामा मोर्चाका नेताहरु लचक ढंगले प्रस्तुत हुँदै पुर्ननिर्माण विधेयक पारित गर्न सघाउन सहमत भएका थिए ।
सरकारी पक्षले भने मोर्चासँगको वार्तामा अधिकांश कुरा मिलिसकेको जिकिर गरेको छ । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आजको वार्तामा कुरा मिलिसकेको उल्लेख गर्दै भने “म भन्छु कुरा मिलिसकेको छ, पुनःनिर्माण गठनसम्बन्धी विधेयक पारित गर्ने सन्दर्भमा सत्ता पक्ष, प्रतिपक्ष र मधेसी मोर्चा एकमत भएका छन्, यो सहमतिको सुरुआत हो, अरु विषय पनि मिल्दै जान्छ ।” कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले आजको वार्तामा प्राधिकरण गठनसम्बन्धी विधेयक पारित गर्न सबै सहमत भएको र अन्य विषय छलफलका आधारमा अघि बढ्ने बताए । “वार्तामा मोर्चाले आफ्नो कुरा राख्यो, प्राधिकरण विधेयक पारित गर्नेमा नेपाली काँग्रेस पनि सहमत छ, उसले संविधान संशोधनको प्रस्तावलाई पनि सँगै अघि बढाऊ भनेको छ, यसमा छलफल गरी सहमति खोज्छौँ, संविधान संशोधनका विषयमा राजनीतिक सहमति गरेर अघि बढिन्छ,”–उनले बताए। मोर्चाको एक घटक सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी, आदिवासी जनजातिलगायतको विषयलाई सम्बोधन गर्न संविधानमा व्यवस्था भएको सीमाङ्कनको परिवर्तनबिना समाधान नहुने आफूहरुको धारणा रहेको तर सत्ता पक्ष र प्रतिपक्ष उक्त विषयमा प्रवेश नै गर्न नचाहेकाले पटक पटकको वार्ता निष्कर्षहीन हुँदै आएको जिकिर गर्नुरे । मानवीय संवेदनशीलताका आधारमा प्राधिकरणसम्बन्धी विधेयकलाई पारित गर्न सदन खोल्न बिहीबारको वार्तामा सहमत भएको उल्लेख गर्दै उनले यसलाई कमजोरीका रुपमा लिई प्रतिपक्षीले संविधान संशोधन प्रस्ताव झुन्ड्याएर विषय अल्झाउने प्रयास गरेको आरोप लगाए ।कांग्रेस सहभागि नभएको बैठकमा एमाओवादी अधयक्ष प्रचण्ड पनि सहभागि भएनन् । एमाओवादीबाट नारायणकाजी श्रेष्ठको सहभागिता रहेको थियो । यस्तै एमालेबाट प्रधानमन्त्री ओलीसहित वरिष्ठ नेता झलनाथ खनाल मोर्चाबाट उपेन्द्र यादव, महन्थ ठाकुर लगायतका नेता सहभागी थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण