मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

शिखर शुको न्यानो जुत्ता, न्यानो माया

शुक्रबार, २५ मङ्सिर २०७२, १६ : १६
शुक्रबार, २५ मङ्सिर २०७२

काठमाडौं–नेपालको नं. १ फुटवियर ब्राण्ड शिखर शुले यसपटकको जाडो यामलाई ध्यानमा राखेर “शिखर शु, न्यानो जुत्ता, न्यानो माया” नाराका साथ उपभोक्तामुखी योजना लिएर आएको छ । यस योजना अन्तर्गत उपभोक्ताले शिखर जुत्ता खरिद गर्दा एउटा स्क्र्याच कार्ड पाउनेछन् । सो स्क्र्याच कार्डमा ग्राहकले रु.१०० देखि रु. २,००,००० सम्म नगद, ५ देखि १००प्रतिशत छुट, इलेक्ट्रिक केत्ली, इलेक्ट्रिक बेडशिट, अन्य थुप्रै उपहारहरुका साथै जलमहल रिसोर्ट पोखरामा दुई रात तिन दिनको प्याकेज समेत पाउन सक्नेछन् । पौष १ गतेदेखि शिखर शुको नेपाल भरिका आउटलेटहरु तथा शोरुमहरुमा उक्त योजना लागु हुने कम्पनीले जनाएको छ । कम्पनिद्वारा जारी बिज्ञप्तिका मार्फत उक्त उपहार योजना सार्वजनिक गरिएको हो । यसका साथै हाल चलिरहेको “शिखर शु, स्टुडेण्ट अफ दि इयर” उपहार योजना स्कूल तथा कलेजका जुत्ताहरुमा जारी रहने समेत बिज्ञप्तिमा उल्लेख छ । उपभोक्तामुखि यस योजनाको साथै शिखर शुले बिक्रेताहरुको लागि समेत बेग्लै उपहार योजना सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप