लमजुङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा
काठमाडौं–ग्लोबल आइएमई बैंकले शुक्रबार लमजुङ्ग जिल्लाको बेसिशहरमा आफ्नो ८९ औँ शाखा बिस्तार गरेको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले उद्धघाटन गरे । शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायतको उपस्थिती रहेको थियो । मुलुकका १४ वटै अञ्चलबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकको ८९ शाखा, ६ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, ९३ वटा एटीएम, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा तथा ५ लाख भन्दा बढि ग्राहक रहेका छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण