डिस होमद्धारा एसएलसीको पूर्व तयारी कक्षाहरु संचालन
काठमाडौं– मशिक्षामा सबैको समान पहुँच पुर्याउने उद्येश्यका साथ डिश होमले दुर शिक्षाको प्रविधिमा आधारित रहेर एसएलसीको पूर्व तयारी कक्षाहरु संचालन गरेको छ । दुर शिक्षा प्रविधि मार्फत यस वर्ष एसएल्सी परीक्षामा समावेश हुने लाखौं विद्यार्थिहरुले घरमै बसी विज्ञान, गणित तथा अंग्रेजी विषयहरु सरल भाषामा पढ्न पाउने भएका छन् ।
गत वर्ष एसएलसी परिक्षामा समावेस भएका ५ लाख ६६ हजार विद्यार्थी मध्ये ३ लाख १८ हजार बिद्यार्थी अनुत्तिर्ण हुन पुगे । यी अनुत्तिर्ण विद्यार्थीहरु मध्ये ९० प्रतिशत विद्यार्थिहरु गणित, विज्ञान तथा अंग्रजिमा फेल भएको पाइयो । हाम्रो देशको भौगोलिक बनावट तथा शिक्षा प्रणालिलाई हेर्दा उच्च गुणस्तरीय शिक्षा नेपालका दुरदरारका स्थानहरुमा पुर्याउनु नै अहिलेको शिक्षा क्षेत्रको प्रमुख चुनौति हो । यस डरलाग्दो स्थितिलाई मध्य नजर गर्दै डिशहोमले संचालन गरेको दुर शिक्षालाई नेपालका शिक्षाविदहरु, विद्यार्थी वर्ग, अभिभावक तथा विभिन्न तहतपकाका संस्था तथा व्यक्तिहरुले प्रसम्सा गरेका छन् । यस एसएल्सी तयारी कक्षाहरु नेपाल सरकारले निर्धारण गरेको कक्षा १० का पाठ्यक्रममा आधारित रहेको छ । साथै यसरी दुर शिक्षा प्रविधिमा पढाउने शिक्षकहरु आफ्नो विधामा दक्ष रहेका छन् । हरेक विषयका कक्षाहरु विहान ६ः३० बजेदेखि ९ः३० बजेसम्म प्रसारण भैरहेका छन् र चरम लोडसेडिङ्गलाई मध्य नजर गरी यी कक्षाहरुलाई दिउँसो र राती नियमित पूनप्रसारण भइरहेको छ । अघिल्ला शैक्षिक सत्रहरुमा पनि यस किसिमको कार्यक्रम डिशहोमले संचालन गर्दै आएको थियो । यो भन्दा अगाडि सहभागिता जनाएका विद्यार्थिहरु, शिक्षाविद तथा अविभाबकहरुले यस कार्यक्रम प्रति देखाएको लगाबलाई मध्यनजर गर्दै मंसिर २९ गते मंगलवारदेखि पून संचालन गर्ने डिसहोमले जनाएको छ ।
“यस एसएल्सी तयारी कक्षा संचालन गरे देखिनै पूर्व मेचिदेखि पश्चिम महाकालीका हजारौं विद्यार्थी तथा अभिभावकहरुको निरन्तर फोन आइरहेको छ” डिशहोम का नायब महाप्रबन्धक कल्याण अधिकारीले भने, यस्ता कक्षाहरुलाई कसरी अझ प्रभाबकारी बनाउने भन्ने सुझावहरु पाइरहेको छु । यसबाट भुकम्प तथा विभिन्न समयमा भएको तराइ बन्दका कारणले अवरुद्ध भएको पठन पाठनबाटलाई थोरै भए पनि राहात पुग्ने विश्वास लिएका छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण