हिन्दुवादी मोर्चाद्वारा दोस्रो चरणको आन्दोलनको घोषणा
काठमाडौ– राजसस्था र हिन्दु अधिराज्य स्थापनाको माग राख्दै आन्दोलन गरिरहेको राष्ट्रिय जनसंघर्ष मोर्चाले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । विभिन्न धार्मिक सस्था र राजतन्त्रबादी पार्टीहरुको संयूक्त मोर्चाको रुपमा रहेको जनसंघर्ष मोर्चाले आगामि मंसिर २७ गतेदेखि पुष ३ गतेसम्म दैनिक रुपमा रत्नपार्क शान्ति बाटीका मध्यान्ह १२ बजे जम्मा भएर बसन्तपुर पुगेर विरोधसभा गर्ने राजधानीमा पत्रकार सम्मेलन गरेर घोषण गरेको हो । पत्रकार सम्मेलनमा मोर्चाका संयोजक श्याम तिमल्सिनाले पहिलो चरणमा धर्ना लगायतका आन्दोलनका कार्यक्रम सरकारले नसुनेका कारण आफूहरु थप आन्दोलनको कार्यक्रम गर्न बाध्य भएको भन्दै अब पनि सरकारले नसुने मुलुकनै ढप्प पार्ने गरी आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । शिव सेना नेपालका बरिष्ठ नेता विक्रम बमले आफूहरुको आन्दोलन राष्ट्र र राष्ट्रियताको संबद्र्धन गर्दै जनभावना समेटिएको संविधान लेखनको उपायको खोजी लागि आन्दोलन थालिएको बताए । उनले अधिकांश जनताको भावना विपरित धर्म र राजसस्थालाई बलात फालिएको भन्दै त्यसलाई पुर्नस्थापित गर्नु आफूहरुको लक्ष्य भएको बताए । राष्ट्रिय एकता पार्टीका अध्यक्ष शरदचन्द्र दाहालले मुलुकको सार्वभौमसत्ता अप्ठ्यारोमा परेको र जनता विहान बेलुकाको छाक टार्ने चिन्ताले आक्रान्त बनेको बेला सरकार कुम्भकर्ण झै निदाएको भन्दै यस्तो अवस्थामा विवेकशिल नेपालीले टुलुटुलु हेरेर बस्न नसकेकोले आफूहरु आन्दोलनमा उत्रिएको बताए । उनले अख्तियारको कामकारवाहीमा सरकारले गरेको हस्तक्षेपको विरोध गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने सस्थामाथि राज्य असहिष्णु गर्दा मुलुकमा शुसासन धरापमा पर्ने तर्फ सचेत गराए । मोर्चामा विभिन्न राजबादी राजनीतिक दल र धार्मिक गरी २४ दल र संघ सस्थाहरु रहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण