मधेस आन्दोलनको समर्थनमा ३५ किलोमिटर लामो मानवसाङ्लो प्रदर्शन
रौतहट– मधेशको जायज मागलाई पुरा गराउन सरकार माथि दवाबदिने उदेश्यले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रौतहटको आह्वानमा शुक्रवार ३५ किमी लामो मानव सांगलो प्रदर्शन गरिएको छ । जिल्ला सदरमुकाम गौरको क्रान्तिचोकदेखि शुरु भएको मानवसाङ्लो चन्द्रपुर बजार भन्दा करीव दुइ किलोमिटर तलसम्म रहेको थियो । दिउसो एकदेखि दुई बजेसम्म प्रदर्शन भएको मानवसाङ्लोमा हजारौं मानिसले चन्द्रपुर–गौर जोडने मुख्यसडक ढाकेका थिए । सो अवसरमा सहभागीहरुले ‘मधेशको माग पुरा गर,प्रहरी दमन बन्दगर, नाकाबन्दी जारी छ, मधेशमा आन्दोलन जारी छ,’जस्ता नारा लगाएका थिए । पुर्व निर्धारित कार्यक्रम अनुसार शुक्रवार प्रदर्शन भएको मानवसाङ्लोमा मधेशी मोर्चाका रामनिवास यादव, अजय गुप्ता, रेवन्त झा, योगेन्द्र यादव, बाबुलाल साह, राजकुमार दाश, रामाश्रे चौधरीका साथै मोर्चाका नेता, कार्यकर्ता, किशान, ब्यापारी, शिक्षक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो । त्यसैगरी उमाबी कनकपुर र जंगलसैयाको संयुक्त आयोजनामा आजै मानवसांगलो प्रदर्शन गरीएको छ । गौर चन्द्रपुर सडकखण्डको सिमा्रभवानीपुर,परसवा,कनकपुर,लक्षिमिपुर,जंगलसैया हुदै झण्डै १५ किमी लामो मानवसा्रगलो प्रदर्शन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण