भारतको अघोषित नाकाबन्दीविरुद्वको संसद्मा प्रस्ताव दर्ता
शुक्रबार, २५ मङ्सिर २०७२, १७ : ३१
काठमाडौँ - भारतले अघोषितरूपमा जारी राखेको नाकाबन्दीको विरोधमा व्यवस्थापिका–संसद्मा छलफल गर्न माग गर्दै केही सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।
व्यवस्थापिका–संसद् सचिवालयमा सांसदहरू लक्ष्मण राजवंशी, शिवलाल थापा र जयदेव जोशीले सो प्रस्ताव आज संसद् सचिवालयमा दर्ता गराएका छन् ।
भूपरिवेष्ठित राष्ट्रले पाउने पारवहन सुविधाको उल्लङ्घन हुने गरी विगत तीन महिनादेखि भारतले इन्धन, औषधिलगायतका अत्यावश्यकीय सामग्रीको आयातमा रोक लगाएको उल्लेख गर्दै सांसदले नेपाली जनताको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनतासमेतमाथि ठाडो हस्तक्षेप भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उल्लेख गरिएको छ ।
उनीहरुले सचिवालयमा दर्ता गराएको सो प्रस्तावलाई अविलम्ब सदनको कार्यसूचीमा समावेश गरी पारित गराउनसमेत आग्रह गरेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण