मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पाँच रुपैयाँमा विवाह सम्पन्न

शनिबार, २६ मङ्सिर २०७२, ०८ : ४६
शनिबार, २६ मङ्सिर २०७२

जाजरकोट – यहाँका एक जोडीले पाँच रुपैयाँको सिन्दूरमा आफ्नो विवाह सम्पन्न गरेका छन् । खलंगा भेरी मालीका–२ प्रेमवहादुर ओली र नुवाकोट – २, रुकुमकी कमल केसीले ५ रुपैयाँको सिन्दूर मात्र किनेर आफ्नो औपचारिक विवाह सम्पन्न भएको घोषणा गरेका हुन् ।

शुक्रवार बेलुकी यी जोडीले विप्लव नेतृत्वको नेकपा माओवादी जाजरकोट दलको कार्यालयमा एकअर्कालाई अबिर दलेर औपचारिक विवाह गरेका हुन् । धन सम्पतीको होडबाजी लगाएर विवाह गर्ने चलन अन्त्य गर्न सर्वहारा तरिकाले विवाह गरेको उनहरुको भनाइ छ ।

कार्यक्रममा जिल्लाका संञ्चारकर्मीहरु, पार्टीका नेता तथा कार्यक्रताहरुको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप