मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

प्रशासनको आग्रह बेवास्ता गर्दै व्यवसायीद्वारा यात्रु ठगी

शनिबार, २६ मङ्सिर २०७२, ०५ : ५४
शनिबार, २६ मङ्सिर २०७२

पोखरा – पोखरामा चल्ने नगरबसहरुले प्रशासनको आदेशलाई उलंघन गर्दै यात्रुमाथि चरम ठगी गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् । तोकिएको भन्दाबढी भाडा नलिन जिल्ला प्रशासन कार्यालय कास्कीले आग्रह गरे पनि पोखरा बस व्यवसायी समिति अन्तर्गतका बसहरुले यात्रु भाडा मनपरी उठाएर उपभोक्ता ठग्ने गरेका हुन् । विद्यार्थी छुटको कुरा त परै जाओस् भाडा नै दोब्वर लिएर नगरबसहरुले हैरान पारेको पोखरा पृथ्वीनारायण क्याम्पसका विद्यार्थी सुजन त्रिपाठीले बताए । पोखरा नगर क्षेत्रमा अहिले २ सय ५१ वटा नगरबसहरु संञ्चालन हुँदै आएका छन् । ती बसहरुले न्यूनतम् १३ रुपैयाँ भाडा लिनु पर्नेमा न्यूनतम्कै भाडामा २५ रुपैयाँसम्म असुलेको यात्रुको गुनासो छ । नगरबसहरुले पोखरा–सार्दीखोला नियमित चल्दै आएका दैनिक ४ वटा बसलाई घटाएर दुई वटा संञ्चालन गर्दै बढी भाडा लिएर यात्रु ठगेको यात्रुहरुको गुनासो छ । प्रशासनवाट कुपनमा इन्धन लिएर यात्रुलाई ब्ल्याकमा इन्धन हालेको भन्दै समितिले ठगेको हो ।

पोखरा बसका अध्यक्ष रमेश गिरीले समितिले इन्धन नपाएर नै बसको संख्या घटाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप