मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

फिल्म कबड्डी कबड्डी नयाँ दिल्लीमा प्रदर्शन हुने

शनिबार, २६ मङ्सिर २०७२, ०९ : ०९
शनिबार, २६ मङ्सिर २०७२

काठमाडौं – नेपाली फिल्म कबड्डी कबड्डी भारतको राजधानी नयाँदिल्लीमा प्रदर्शन गरिने भएको छ । नेपाली सिए विद्यार्थीहरुको संगठन ‘हामी हाम्रो लागि’ र अन्य थप पाँच संगठनको सहकार्यमा फिल्म प्रदर्शन हुन लागेको हो ।

हामी हाम्रो लागि संगठनले दिएको जानकारी अनुसार वितरकसँग सम्पूर्ण प्रक्रिया पूरा गरेर संगठनले पहिलोपटक भारतमा यो फिल्म प्रदर्शन गराउने अनुमति लिएको हो । फिल्म हिन्दू भवन आइटियो दिल्लीमा दुई सोमा देखाइने छ । फिल्म डिसेम्बर १३ साँझ ५ः३०–देखि ७ः२० र ७ः३० देखि ९ः५० देखाइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप