मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली म्युजिक भिडियो, वर्ष दिनमै हेरियो २४ लाखपटक

शनिबार, २६ मङ्सिर २०७२, ११ : २१
शनिबार, २६ मङ्सिर २०७२

काठमाडौं – भद्रगोलका कलाकारद्वय हरि निरौला (कक्रोच), सागर लम्साल (बले) र नायिका सुष्मा कार्कीले अभिनय गरेको एक म्युजिक भिडियो एक वर्षभित्रमा २३ लाख ९५ हजार ५५२ले जनाले हेरेका छन् । हरि निरौला कक्रोचले निर्देशन गरेको यो म्युजिक भिडियो सबैभन्दा धेरैपटक हेरिएको दाबी निर्देशक निरौलाले गरेका छन् ।

‘बर्बार्दै भयो’ बोलको यो गीत गत वर्ष आजकै दिन युट्युबमा राखिएको थियो । यो सामग्री तयार पार्दासम्म २३ लाख ९५ हजार ५५२ पटक यो भिडियो क्लिक भइसकेको छ । रविना न्यौपाने र प्रविन घर्तीको स्वर रहेको यो गीतमा अभिनय गरेका प्रेमी र प्रेमीका दुवैको गाढा मायाप्रेम देखाउन खोजिएको छ ।

गीतको भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप