दूरदृष्टि भएको नेता आवश्यक छ : नेता डा महत
इटहरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले अहिले बिपी कोइरालाजस्ता दूरदृष्टि भएका नेताको आवश्यकता भएको बताएका छन् ।
सुनसरीको इटहरीस्थित २ नं क्षेत्रीय पार्टी कार्यालयमा आज स्थानीय नेता समक्ष डा महतले अहिले जसरी नेपाली जनताले दुःख र सास्ती भोगिरहेका छन् त्यसको सहज समाधान दिनका लागि नेता असफल भएको तथा सरकारले समेत केही विकल्पको खोजी गर्न नसकेको अवस्थामा नेपाली काँग्रेसले गतिलो विकल्प दिनुपथ्र्यो भने ।
मधेसी मोर्चाले गरेको आन्दोलन स्पष्ट माग र मार्गचित्रविहीन अवस्थामा रहेको बताउँदै डा महतले सीमाङ्कन र जनसङ्ख्याका आाधारमा निर्वाचन क्षेत्र हुनुपर्छ भनेर काँग्रेसले संविधान संशोधनका लागि प्रस्ताव राखि नै सकेको जानकारी दिए ।
डा महतले नेपाली जनताको ढाड भाँचिने गरी भारत सरकारले नाकाबन्दी गरेको र त्यसलाई आफुहरुको आन्दोलन भन्ने मधेसी मोर्चाको हास्यस्पद तर्कले नेपाली जनताले मुक्ति पाउन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण