देश गरिब होईन, हाम्रा चिन्तन गरिब : मन्त्री मानवी
काठमाडौं – विना विभागीय मन्त्री शान्ता मानवीले नेपालीको चिन्तन गरिब भएको कारण देश विकास हुन नसकेको बताएकी छन् । चिन्तनको गरिबीका कारण छरिएर रहेको पूँजी एकीकृत हुन नसक्दा देश विकास नभएको भन्दै उनले पुँजीलाई एकिकृत गर्ने उपयुक्त माध्यम सहकारी भएको बताइन् । ‘हाम्रो देश गरिब होइन, हाम्रा चिन्तन गरिब हुन् ।’ दिगो पर्यटन सहकारी संस्थाको ५ औं बार्षिक साधारणसभामा बोल्दैै मानवीले भनिन्, ‘चिन्तनबाट मुक्त भई देशलाई सम्बृद्ध बनाउन सहकारी संघ÷संस्थामा लाग्नुपर्छ ।’ आर्थिक उन्नती र गरिबी निवारणका लागि सहकारी संस्था उत्पादनमा लाग्नुपर्ने उनले बताइन् । ‘विषेश गरी सहकारी संस्थाहरु उत्पादनमा केन्द्रित हुनुपर्छ ।’ मन्त्री मानवीले भनिन् । देशलाई उन्नतीतर्फ लैजान सरकारले लिएर आएको लक्ष्यलाई परिपूर्ति गर्न सबै क्षेत्रबाट भरपुर सहयोग हुनुपर्ने उनीले बताइन् । देश समुन्नततर्फ लैजान तीन खम्बे अर्थनीतिलाई एक साथ अवलम्बन गर्नुपर्ने उनले बताइन् । कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्र प्रसाद रिजालले पर्यटन व्यवसायको विस्तार, विकास, सम्वद्र्धन र प्रवद्र्धनका लागि संस्था क्रियाशिल रहेको बताए । ‘पर्यटन व्यवसाय आफैँमा सहकारीताको अवधारणबाट अगाडि बढेको व्यवसाय हो’ अध्यक्ष रिजालले भने, ‘पर्यटन व्यवसायमा छरिएर रहेको पूँजीलाई एकतृत गरी संस्थाका सदस्यहरुको सामाजिक र आर्थिक, व्यवसायीक उन्नतीमा संस्था सधैँ लागिरहने छ ।’ संस्थाले दियो पर्यटनको आगामि ४ वर्षे कार्ययोजना बनाई सोही अनुरुप काम गरिरहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण