मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कलाकार देशका अभिन्न अङ्ग हुन्ः उपराष्ट्रपति

शनिबार, २६ मङ्सिर २०७२, १४ : ५४
शनिबार, २६ मङ्सिर २०७२

काठमाडौँ–नेपाल चलचित्र कलाकार सङ्घको १४औँ अधिवेशन आज सुरु भएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले महाधिवेशनको उद्घाटन गर्दै कलाकार देशका अभिन्न अङ्ग भएको बताए । उनले भने, ‘कुनै समय कलाकारलाई राष्ट्रका गहना भनिन्थ्यो । अब त्यस मान्यतामा समयअनुसार परितर्वन आएको छ । र, तपाईं कलाकारहरु राष्ट्रको अंग हुनुभएको छ । कलाकारिता गर्ने कुरा त छँदैछ, मुलूक र समाजप्रतिको सामाजिक दायित्व पनि सँगसँगै निर्वाह गर्नुपर्छ । त्यसो गर्न सकियो भने कलाकारिताप्रति मुलूक र समाजको सम्मान अझ बढ्नेछ । यसका लागि म सम्पूर्ण चलचित्रकर्मीहरलाई आग्रह गर्दछु । र, शुभकामना पनि दिन चाहान्छु,’ उपराष्ट्रपति पुनले भने ।

उनले नेपाली कला र संस्कृतिको संरक्षण, सम्बद्र्धन, प्रबद्र्धनमा चलचित्र क्षेत्रको ठूलो योगदान रहेको बताउँदै त्यसमा पनि चलचित्र कलाकारहरुको महत्वपूर्ण भूमिका रहि आएको उल्लेख गरे ।

उपराष्ट्रपति पुनले संघका पदाधिकारी तथा सदस्यले सर्वोच्च शिखर सगरमाथामा यस संघको झण्डा फहराउनु आफैमा एउटा ऐतिहासिक महत्वको विषय रहेको बताए । ‘विभिन्न क्रियाकलाप मार्फत राष्ट्र सेवा र सामाजिक सेवामा संघले आफूलाई उभ्याउ“दै लगेको छ । वागमति सफाई अभियानको नेतृत्व गर्नु, विनाशकारी भूकम्पबाट पीडित नागरिकको उद्दार तत्काल सहयोग पु¥याउँदै कलाकारको सम्मान तथा पुरस्कारका निमित्त छुट्याइएको रकम समेत भूकम्पपीडित राहत कोषमा जम्मा गर्नु, देशको वर्तमान संकटपूर्ण स्थितिमा जागरण अभियान चलाउनुजस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकारका कार्यहरु तपाईंहरुबाट भएकै छन् । संघका यस्ता कार्यहरुको म यस अवसरमा प्रशंसा गर्न चाहान्छु,’ पुनले भने ।

कार्यक्रममा निवर्तमान अध्यक्ष नवल खड्काले आफ्नो कार्यकालमा भएका कामकारबाही तथा उपलब्धिबारे जानकारी दिएका थिए । यसैबीच नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको छ । अध्यक्षका लागि रामकेशर बोगटी, लय सङ्ग्रौला र विशाल विष्टले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप