मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

हस्पिटलका सञ्चालक समेत रहेका डा. कमलकिशोर राज पक्राउ

शनिबार, २६ मङ्सिर २०७२, १४ : ५८
शनिबार, २६ मङ्सिर २०७२

भीमदत्तनगर– अस्पतालमा दाँत जँचाउन आएकी महिलामाथि अश्लील व्यवहार गरेपछि कञ्चनपुरको भीमदत्तनगरस्थित श्रीराम डेन्टल हस्पिटल प्रालिका चिकित्सक डा कमलकिशोर राज पक्राउ परेका छन् ।

आज बिहान भीमदत्तनगरको गल्ली नं २ मा रहेको हस्पिटलमा दाँतको उपचार गर्न आएकी बदेकोट नगरपालिकी महिलालाई हस्पिटलका सञ्चालक समेत रहेका डा राजले दाँतको जाँचका क्रममा आफूमाथि अश्लील व्यवहार गरेको ती महिलाको आरोप छ ।

अभियुक्तलाई अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । आफूले जाँच गर्दा ढिलाइ मात्र भएको अभियुक्तको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप