भयावह अवस्था छैन : गृहमन्त्री बस्नेत
काठमाडौँ– गृहमन्त्री शक्तिबहादुर बस्नेतले शतप्रतिशत पूर्ण मान्न नसकिए पनि लोकतान्त्रिक मानिएका संविधानको सूचीमा नेपाल अग्रणी रहेको बताए ।
यहाँ आज आयोजित साक्षात्कारमा उनले भने, “दुनियाँको लोकतान्त्रिक संविधानको सूचीमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म बोकेको समानुपातिक र समावेशी सिद्धान्तमा आधारित नेपालको संविधान नै अगाडि रहेको छ ।”नाकाबन्दीका कारण आपूर्ति व्यवस्थामा देखिएको असहज परिस्थितिबाट कसैलाई पनि अनुचित लाभ उठाउन नदिन सरकार सचेत रहेको बताउँदै गृहमन्त्रीले भने, “अत्यावश्यक वस्तुको अभाव हुन नदिन तथा जनताले अनावश्यक मार खेप्न नपरोस् भन्नेमा सरकार सजग छ ।”
“वार्ता र संवादको माध्यमद्वारा मुलुकमा देखिएका सबै खाले समस्या टुङ्गोमा पुगोस् भनेर सरकारका कामकारबाही त्यसै दिशातर्फ क्रियाशील रहेका छन्’– गृहमन्त्रीले भने ।
सीमा नाकामा असहज अवस्था रहे पनि विभिन्न विचार बोकेका व्यक्तिले परिकल्पना गरेजस्तो भयावह अवस्था नरहेको बताउँदै उनले धैर्य र सुझबुझपूर्ण नेपाली जनताले सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्ने पाटोमा ठूलो योगदान पु¥याएको भनी प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण