पेट्रोलियम पदार्थको मागमा कमी, मूल्य थप घट्ने
पेरिस पेट्रोलियम पदार्थको माग विश्व बजारमा कम भएको भन्दै इन्टरनेसनल इनर्जी एजेन्सी (ओईईए) यसको मूल्यमा थपप गिरावट हुनसक्ने जनाएको छ ।
अमेरिकी मूल्य मापदण्ड दरप्रति ब्यारेलमा शुक्रबार २१ सेन्टले कमीआई प्रति ब्यारेल ३६.५५ अमेरिकी डलरमा कारोबार भएको बताइएको छ ।
यो मूल्य यस पहिले सन् २००९ मा देखिएको मन्दीका कारण विश्व अर्थतन्त्रमा परेको सङ्कटका कारण पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटपछि अहिलेकै सबैभन्दा कमी हो ।
आईईएको मासिक रिपोर्ट अनुसार पेट्रोलियम पदार्थको मागअनुसार अर्को वर्षसम्ममा यस वर्षको प्रतिदिन १.८ मिलियन ब्यारेल अमेरिकी डलरबाट १.२ मिलियन ब्यारेलमा पुग्नेछ ।
पेट्रोलियम पदार्थ उत्पादन मागको तुलनामा वृद्धि भएका कारण मूल्यमा थप कमी भएको बताइएको छ । खासगरी पेट्रोलियम पदार्थ आपूर्ति गर्ने मुलुकका कारण नै मूल्यमा गिरावट देखिएको हो ।
प्रमुख पेट्रोलियम पदार्थ उत्पादन गर्ने सदस्य राष्ट्रहरु इरान तथा इराकले आफ्नो देशमा भएका द्वन्द्वका कारण परेको अर्थतन्त्र उकास्न उत्पादनमा गरेको वृद्धिको असर मूल्य निर्धारणमा परेको जनाइएको छ ।
पेट्रोलियम पदार्थको अत्यधिक आपूर्तिका लागि उत्पादक मुलुकले मूल्यमा पुनः वर्तमान अवस्थामा ल्याउन आगामी वर्ष भरी सङ्घर्ष गर्नुपर्ने आईईए को प्रतिवेदनमा बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण