एमाले नेता डा. भट्टराईलाई पितृशोक
शनिबार, २६ मङ्सिर २०७२, १६ : ५१
काठमाडौँ - नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् सांसद डा राजन भट्टराईलाई पितृशोक परेको छ । उनका पिता पण्डित टङ्कनाथ भट्टराईको गएराति हृदयाघातबाट सहिद गङ्गालाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सिन्धुपाल्चोकको सिन्धुकोटमा विस १९९२ असार २१ गते जन्मिएका पण्डित भट्टराई समाजसेवीका रुपमा परिचित थिए । केही समयदेखि मधुमेह र मुटुसम्बन्धी समस्यामा रहेका भट्टराईलाई राति असजिलो महसुस भएपछि उपचारका लागि अस्पताल पु¥याइएको थियो । उहाँको आजै बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । एमालेका नेता माधवकुमार नेपाल, सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईलगायत पार्टीका वरिष्ठ नेताहरु श्रद्धाञ्जलिका लागि आर्यघाट पुगेका थिए । स्व भट्टराईका दुई छोरा र दुई छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण