मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

जोरपाटीमा मोटरसाइकल र स्कुटी ठोक्किदाँ तीन जना गम्भिर घाइते

शनिबार, २६ मङ्सिर २०७२, १७ : ४१
शनिबार, २६ मङ्सिर २०७२

काठमाडौं, विपरित दिशाबाट आइरहेको मोटरसाइकल र स्कुटी ठोक्किदाँ तीन जना गम्भिर घाइते भएका छन् । नारनटारबाट पशुपतितर्फ जान लागेको बा ५८ प ५६५ नम्बरको स्कुटी र पशुपतीबाट नारनटारतर्फ जान लागेको बा ४० प ८१८४ नमबरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो । तीब्र गतिका कारण जोरपाटीस्थित जम्बुडाँडामा यो दुर्घटना भएको हो । घाइते तीन जनाको नै टाउकोमा गम्भिर चोट लागेको छ । उनीहरुलाई उपचारको लागि स्तुपा अस्पताल लगिएको छ । स्कुटीमा २ जना र मोटरसाइकलमा पनि २ जना रहेका थिए । जसमध्ये स्कुटीमा रहेकी एक महिलालाई भने केही पनि भएको छैन । घाइतेहरुको नाम खुल्न सकेको छैन् । गत बिहीबार पनि उक्त ठाउँमा ट्याङकरको ठक्करबाट एक जनाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप