लगातार तेस्रो खेलमा बराबरीमा रोकियो बार्सिलोना
क्याम न्यु - डिर्पोटिभो ला कोरुनाले अन्तिम १४ मिनेटमा दुई गोल गरेपछि स्पेनिस लिगको शीर्ष स्थानमा रहेको बार्सिलोना नाटकीय रुपमा बराबरीमा रोकिएको छ । बराबरीमा रोकिएसँगै यस सिजन बार्सिलोनाको गृहमैदानमा शतप्रतिशत जीत निकालेको रेकर्ड पनि तोडिएको छ । लियोनेल मेस्सीले खेलको पहिलो हाफमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । दोस्रो हाफको ६२ औं मिनेटमा मेस्सीको पासमा इभान र्याकिटिचले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । तर, खेलको ७७ औं मिनेटमा लुकास पेरेजले मिगेल कारडोसोको पासलाई सदुपयोग गर्दै डिर्पोटिभोलाई खेलमा फर्काए । त्यसपछि खेल सकिन ४ मिनेट अघि एलेक्स बर्गान्टिनोसले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि कुनै गोल हुन सकेन र खेल बराबरीमा सकियो । बार्सिलोनाले अब अर्को ला लिगा खेल ३० डिसेम्बरमा मात्र खेल्ने छ । बार्सिलोना फिफा क्लब विश्व कपका लागि जापान जोनेछ । बार्सिलोना यो लगातार तेस्रो पटक बराबरीमा रोकिएको हो । यसअघि ला लिगामा भ्यालेन्सियासँग बराबरीमा रोकिएको थियो भने बुधबार बायर लेभरक्युजनसँग पनि च्याम्पियन्स लिगमा बराबरीमा रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण