मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बोर्नेमाउथसँग म्यान्चेस्टर युनाइटेड पराजित

आइतबार, २७ मङ्सिर २०७२, ०८ : २७
आइतबार, २७ मङ्सिर २०७२

लण्डन - प्रिमियर लिगको उपाधि होडमा रहेको म्यान्चेस्टर युनाइटेड बोर्नेमाउथसँग २—१ गोल अन्तरले पराजित बनेको छ । पराजयसँगै युनाइटेडको शीर्ष चार स्थान खतरामा परेको छ । उता, बोर्नेमाउथले भने लगातार दुई ठूला क्लबलाई पराजित गर्न सफल भएको छ । यसअघि डिफेन्डिङ च्याम्पियन चेल्सी पनि बोर्नेमाउथसँग पराजित बनेको थियो । युनाइटेडका गोलकिपर डेभिड डि गेयाले जुनियर स्टानिसलासको डाइरेन्ट कर्नर प्रहार छाडेपछि बोर्नेमाउटले अग्रता लिएको थियो । तर, युनाइटेडले मारुआन फेलानीको गोलको मद्दतले खेलमा फर्कियो । तर, म्याट रिचीको सेट पिसमा किङले गोल गरेपनि बोर्नेमाउथले पुनः अग्रता लियो । बोर्नेमाउथले त्यसपछि पनि दुई सुन्दर मौका गुमायो । आइतबार टोटनहमले न्युक्यासललाई पराजित गरे युनाइटेड पाँचौं स्थानमा झर्नेछ । दुई जीतसँगै बोर्नेमाउथ लिगको १४ औं स्थानमा उक्लेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप