मुक्त कमैयाको साधारणसभा सम्पन्न
कञ्चनपुर – मुक्त कमलरी विकास मञ्च शाखा, कञ्चनपुरको शनिबार सामाजिक लेखाजोखा तथा पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
‘एक घर एक सदस्य सहकारी, एक घर एक सदस्य व्यापारी, एक घर एक सदस्य रोजगारी’ भन्ने नारासहित मुक्त कमलरी मञ्च कञ्चनपुरसँग आबद्ध छवटा सहकारी सञ्चालनमा रहेका छन् ।
मुक्त कमलरी÷मुक्त कमलर बालबालिकालाई पुनःस्थापना गर्ने र निःशुल्क शिक्षाको व्यवस्था गर्नेजस्ता उद्देश्य रहेको मञ्चले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा काम गर्दै आएको छ । मञ्चसँग आबद्ध ३६८ साधारण सदस्य र २५४ जना अस्थायी सदस्य रहेका छन् भने ९७० बढी सहकारीमा आबद्ध सदस्य रहेका छन् ।
कञ्चनपुरमा १६ जनालाई घुम्ती कोषबाट ऋण लगानी गरिएको मञ्चले जनाएको छ । झलारीमा भएको पाँचौँ साधारणसभामा रु आठ लाख २९ हजार ९१६ को आयव्यय संस्थाकी कोषाध्यक्ष पार्वती चौधरीले प्रस्तुत गरेकी छन् । पाँच जिल्लामा सञ्चालन गरेको परियोजनामा १०७ जना स्वरोजगार भएको कार्यक्रममा जानकारी दिइएको छ ।
कञ्चनपुरमा ७७ जनालाई प्रतिविद्यार्थी रु दुई हजारका दरले रु एक लाख ५४ हजार छात्रवृत्ति वितरण गरिएको छ । संस्थाले कञ्चनपुरमा पछिल्लो पटक ३२ जना कमलरीलाई मुक्त गराएको बताएका छन् । अहिले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा तीन हजार ५६१ मुक्त कमलरी स्कुल पढिरहेको मुक्त कमलरी विकास मञ्चले जनाएको छ ।
वि।स।२०६७ सालमा स्थापना भएको संस्थाले विगत एक वर्षदेखि मुक्त कमलरी सशक्तीकरण परियोजना चलाइरहेको जनाएको छ । परियोजनाले कमलरीको उद्धार तथा पुनःस्थापनामा केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण