इन्धन अभावमा निर्माणाधीन तीन जलविद्युत् आयोजनाको काम ठप्प
म्याग्दी – भारतीय नाकाबन्दीका कारण म्याग्दीमा निर्माणाधीन अवस्थामा रहेका ७१ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजनाको काम तीन महिनादेखि ठप्प भएको छ ।
म्याग्दीको नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको चार मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजना, रोवर्ट इनर्जी प्रालिको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना र २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको काम इन्धन अभावमा ठप्प भएको हो ।
उत्तरी म्याग्दीको नारच्याङमा रहेको चार मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य तीव्रगतिमा अगाडि बढिरहेका बेला भारतीय नाकाबन्दीले निर्माण साम्रगीलाई आवश्यक पर्ने इन्धनको अभाव भएपछि काम रोकिएको छ ।
सुरुङ, इन्टेक, पावर हाउसमा प्रयोग गरिएको मेसिनमा डिजेलको अभाव भएपछि दुई महिना अगाडि आयोजना बन्द गरी कर्मचारीलाई घर पठाइएको घलेम्दी खोला जलविद्युत् आयोजनाका कार्यालय प्रमुख विमल रिजालले बताए ।
आयोजनास्थलसम्म एक्स्टेन्सन लाइनसमेत नपुगेकाले अन्य प्रयोजनका लागिसमेत जेनेरेटरसहितका उपकरणमा समेत डिजेलको आवश्यकता पर्ने गरेको छ । जिल्लावासीको सक्रियतामा निर्माण भइरहेको आयोजनाको ३०० मिटर सुरुङ खनिएको छ ।
सडकसहित अन्य आवश्यक निर्माण कार्यलाई समेत तीव्रता दिइरहेको अवस्थामा इन्धनको अभाव भएपछि समस्या भएको अध्यक्ष किशोर सुवेदीको भनाइ छ । करोडौँको नोक्नासी हुने देखिएपछि महँगोमा भए पनि इन्धन खरिद गरेर निर्माणकार्यलाई अगाडि बढाउने आयोजनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण