मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पत्रकार ऋषि धमलाको घरमा आगलागी

आइतबार, २७ मङ्सिर २०७२, ०९ : २६
आइतबार, २७ मङ्सिर २०७२

काठमाडौं – आइतबार बिहान ७ बजे पत्रकार ऋषि धमलाको काठमाडौँ,रानीबारीस्थित विजयमार्गमा रहेको घरमा इन्भर्टर पड्किएर आगलागी भएको छ । आगलागीमा रु पाँच लाख बराबरको क्षति भएको बताइएको छ ।

घरको तेस्रोतलाको भान्छाकोठामा एक्कासि इन्भर्टर पड्केर आगलागी हुँदा फ्रिज, दराज, लत्ताकपडालगायतका सामान जलेर नष्ट भएका छन् । दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप