दाङमा रगतको अभाव
आइतबार, २७ मङ्सिर २०७२, ०९ : १२
दाङ – लामो समयसम्म रक्तदान कार्यक्रम हुन नसक्दा यतिखेर जिल्लामा रगतको अभाव हुन थालेको छ ।
रक्तसञ्चार केन्द्र, दाङका प्राविधिक ठाकुर पौडेलले दिनुभएको जानकारीअनुसार अहिले केन्द्रमा ‘एबी’ पोजेटिभ समूहको रगत छैन भने अन्य समूहको रगत पनि न्यून रहेकोछ ।
यस्तै अवस्था रहेमा अबको केही दिनमा बिरामीलाई रगतको समस्या पर्न सक्ने पौडेलले बताए । रेडक्रस दाङका अध्यक्ष नारायणप्रसाद शर्माले रक्तदान गरेर रगतको अभाव पूर्ति गरिदिन सम्पूर्ण महानुभाव, सङ्घसंस्था, शुभेच्छुकलाई अनुरोध गरेका छन् । दाङमा महिनामा १५० देखि २०० प्वाइन्टसम्म रगत खपत हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण